कसले दियो स्वास्थ्य मन्त्रालयका उपसचिवलाई खुकुरी हान्ने धम्की?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एकजना उपसचिवलाई खुकुरीले हान्ने धम्की दिएको पाइएको छ ।

प्रशासनतर्फका ती उपसचिवलाई कर्मचारी सरूवाको विषयलाई लिएर भौतिक आक्रमणको धम्की आएको हो । नायब सुब्बा तहका कर्मचारी नेताले सरूवाको विषयमा प्रशासनका उपसचिवलाई धम्क्याएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

निजामती कर्मचारीको राजनीतिकरणले कर्मचारी प्रशासनमा अराजकता मौलाउँदै गएको छ । राजनीति दलसँग आबद्ध कर्मचारी संगठनका नेताहरुले आफू भन्दा माथिल्लो तहका कर्मचारीको पदीय हैसियतलाई सम्मान गर्न छाडिसकेका छन् । अनुशासन र मर्यादा कर्मचारी नेताहरूले भुलिसकेका छन् । त्यसैको परिणाम हो स्वास्थ्य मन्त्रालयमा उपसचिवमाथि नासुले दिएको धम्की ।

धम्की दिने कर्मचारी र धम्की खाने उपसचिवको नाम स्वास्थ्य लाइभले फेला पारिसकेको छ । तर, गोप्य राख्न अनुरोध भएबमोजिम ती दुबै कर्मचारीको नाम गोप्य राखिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com