डा. अरुणा उप्रेतीलाई ठग्ने सिभिल होम्सका मालिक तामाङ समातिए


काठमाडौं । चिकित्सा क्षेत्रमा चर्चित व्यक्तित्व डा. अरुणा उप्रेतीलाई ठग्ने सिभिल होम्सका मालिक इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल होम्स बनाउँदा तामाङले सहकारीबाट ऋण लिएर लगानी गरेका थिए । उनलाई सहकारी ठगीमा प्रहरीले पक्राउ गरेको हो ।

सिभिल होम्सको फेज ३ को घर खरिद गर्दा ठगिएको भन्दै आवाज उठाएपछि तामाङका आसेपासेले डा. उप्रेतीमाथि अभद्र व्यवहार गरेका थिए। उक्त सिभिल होम्सका मालिक तामाङलाई सिभिल सहरकारीमा ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन्धाराबाट पक्राउ गरेको हो ।

सिभिल सहकारीमा निक्षेपकर्ताको ४६ करोड भन्दा बढी ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सिभिल ग्रुपका अध्यक्ष तामाङसहित एक दर्जन व्यक्तिलाई समातेको हो । तामाङ दोस्रो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका थिए । निक्षेपकर्ताको ८ अर्बको निक्षेप रहेको सहकारीबाट तामाङले मात्र ७ अर्ब ऋण लिएको आरोप छ । सिआईबीका प्रमुख धीरजप्रताप सिंहले सहकारी ठगीमा तामाङसहितलाई सुन्धारबाट पक्राउ गरिएको पुष्टी गरे ।

डा. उप्रेतीले सिभिल होम्सले सुविधा सम्पन्न आवास दिने भनेर आफूमाथि ठगी गरेको आरोप लगाएकी थिइन् । निर्माण सम्पन्नको कागजात र सम्झौता बमोजिम काम नगरेको तामाङको सिभिल होम्समाथि डा. उप्रेतीको आरोप छ ।

सिभिल होम्सलगायत धेरै क्षेत्रमा लगानी गरेर ठगी गर्ने सिभिल ग्रुपका अध्यक्ष एंव पूर्व सभासद तामाङलाई लामो प्रयासपछि  पक्राउ गर्न प्रहरी सफल भएको हो । तामाङको सिभिल बैंक, सिभिल मल, सिभिल ट्रेड सेन्टरलगायतमा लगानी रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ