स्वास्थ्य मन्त्रालयमा सुजाताको दाबी 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कांग्रेस नेतृ सुजाता कोइरालाले दाबी गरेकी छन् ।

मन्त्री छान्न बस्ने पौडेल- कोइराला पक्षको बैठकमा पूर्वउपप्रधानमन्त्री कोइरालाले स्वास्थ्य मन्त्रालय आफूले पाउनु पर्ने दाबी गर्ने भएकी हुन् । स्वास्थ्यमा उहाँ (सुजाता)ले दाबी गर्ने कुरा भएको उनी निकट एक नेताले बताए । ‘सुजाता दिज्यूको पहिलो रोजाईंमा स्वास्थ्य मन्त्रालय छ, स्वास्थ्य नपाए रक्षा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दोस्रो रोजाईंमा हो।’, कोइराला निकट एक कांग्रेस नेताले स्वास्थ्य लाइभसँग भने । यी तीनवटै मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

सुष्मा कोइराला मेमोरियल हस्पिटललगायतका स्वास्थ्य संस्था सञ्चालनमा ल्याएकी सुजातालाई उनका धेरै सहयोगीले स्वास्थ्य मन्त्रालय रोज्न उक्साएका छन् । त्यसैले उनको पहिलो रोजाईंमा स्वास्थ्य मन्त्रालय परेको हो । स्वास्थ्यमा सुजातासहित अहिलेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, सिटौला समूहबाट मन्त्रीमा सिफारिस उमाकान्त चौधरी, शंशाक कोइराला निकट मिनेन्द्र रिजाल र पौडेल निकट दीलेन्द्र बडू तथा तेजुलाल चौधरीको दाबी रहँदै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com