किटजन्य रोगमा वार्षिक १७ करोड सक्ने इडिसिडी आफै औंलो उत्पादनमा तल्लीन


काठमाडौं । किटजन्य रोगमा वार्षिक १७ करोड सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा( इडिसिडी) आफै औंलो उत्पादनमा तल्लीन रहेको पाइएको छ ।

किटजन्य रोग खोज्दै हिमाली भेगसम्म पुगेको दाबी गर्ने इडिसिडीका अधिकारीहरू कार्यालय परिसरभित्रै किटजन्य रोग उत्पादनको खानी राखेर बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले वार्षिक १७ करोड रूपैयाँ यहीँ रोग नियन्त्रणका लागि भन्दै सकाउने गरेको छ । किटजन्य रोग नियन्त्रणका लागि ठूल्ठूला काम गरेको धक्कू लगाउने इडिसिडी आफै भने औंलो उत्पादन गर्ने घारी बोकेर बसेको छ ।

किटजन्य रोग नियन्त्रण तथा रोगथाम गर्न भन्दै कार्यालयमै एनजिओ, आइएनजिओ पालेर बसेको इडिसिडी आफ्नै परिसरभित्र सरसफाइ नगर्दा किटजन्य रोगको खतरामा देखिन्छ ।

केन्द्रदेखि स्थानीय तहसम्मले किटजन्य रोग नियन्त्रण तथा रोकथामका लागि वार्षिक करोडौं खर्च गर्ने गरेको छ । सबैतिर पुगेर किटजन्य रोग नियन्त्रणमा भूमिका खेलेको दाबी गर्ने इडिसिडीले ‘आफ्नै आङ्गको भैसीं नदेख्ने’ उखानलाई चरितार्थ गरेको छ ।

इडिसिडी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीचमा ठूलो घारी रहेको स्वास्थ्य लाइभले फेला पारेको हो । यो विषयमा इडिसिडीका अधिकारीहरू प्रतिक्रयाबिहीन छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com