नेपाललाई कोरोनाबिरुद्धको खोप दिन मित्रराष्ट्रहरूको प्रतिस्पर्धा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा खोप , खोप र खोप नै आफ्नो प्राथमिकता रहेको बताएका थिए । देउवा सरकारको आगमनसँगै उनको प्राथमिकताअनुसार नै खोप व्यवस्थापनको कार्यक्रम प्रभावकारी देखिएको छ ।

सरकारले अनुदान र खरिदमार्फत कोरोनाबिरुद्धको खोप ल्याएर नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाललाई भारत, चीन, अमेरिका, बेलायत र जापानले मात्र होइन पछिल्लो समय क्यानडा, भुटान र मल्दिभ्सजस्ता देशले पनि नेपाललाई कोभिड १९ बिरुद्धको खोप दिने भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप व्यवस्थापनमा सफल नेतृत्व गरेकाले मित्रराष्ट्रहरू पनि नेपाललाई खोप दिन हौसिएका छन् । नेपाललाई माल्दिभ्सले करिब साढे दुई लाख डोप खोप अनुदानमा दिने भएको छ । क्यानडाले पनि ४ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य मन्त्रालयाका अधिकारीहरु बताउँछन् । यस अघि ३ लाख डोज खोप सापटी दिएको भुटानले पनि नेपाल सरकारलाई केही मात्रामा थप खोप अनुदानमा दिने भएको छ ।

फाइजर र मोडर्ना खोप पनि ल्याउने तयारीमा सरकार रहेको छ । गाभीले अनुदानमा दिने फाइजर खोप पनि आउन लागेको हो ।

नेपालमा अहिलेसम्म भारतीय खोप कोभिशिल्ड, चीनको भेरोसेल, बेलायत, जापान र भूटानबाट आएको एस्ट्राजेनेका र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप प्रयोगमा ल्याइसकेको छ । अब प्रयोग गर्ने पाँचौं खोप फाइजरको हो । जुन खोप १८ वर्ष मुनिका बालबालिकालाई पनि प्रयोग गर्न सकिन्छ । दसैंलगत्तै यो खोप नेपाल आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले प्रयोग गर्ने कोभिडबिरूद्धको छैंटौ खोप भने मोडर्ना बन्ने देखिन्छ । मोडर्ना खोप पनि तिहारलगत्तै आउने सम्भावना रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

दसैंअघि ३३ प्रतिशतलाई पूर्ण खोप लगाउने घोषणा गरेका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ कै योजनाअनुसार त्यहिँ हाराहारीमा सरकारले पूर्ण खोप लगाइसकेको देखिन्छ । स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबारसम्म करिब ३० प्रतिशत नागरिकले पूर्ण खोपलगाइसकेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com