कोरोनासँग डरायो कांग्रेस !


काठमाडौं । नेपाली कांग्रेसले नियमित आयोजना गर्दै आएको चियापान कार्यक्रम यसपटक नगर्ने भएको छ ।

कांग्रेसले वर्षेनी कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान समारोह आयोजना गर्दै आएको थियो । कोरोनाको कारण देखाउँदै कांग्रेसले योपटक उक्त चियापान कार्यक्रम नराख्ने भएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कांग्रेस पार्टीले यसपटक चियापान समारोह आयोजना नगर्ने निश्चित गरेको जानकारी दिए । उनकाअनुसार कोरोनाको जोखिम कायम रहेको कारण देखाउँदै कांग्रेसले चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com