स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा


काठमाडौं । स्वास्थ्य तथा मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नेकपा एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय परेको हो ।

समाजवादीले स्वास्थ्य जसरी पनि पाउनु पर्ने अडान लिएपछि उसको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको हो । ‘हिजोसम्म स्वास्थ्य मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको थियो, आज एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।’, छलफलमा सहभागी एक कांग्रेस नेताले स्वास्थ्य लाइभसँग भने ।यो सँगै समाजवादीबाट रामकुमारी झाँक्री र विरोध खतिवडामध्ये एक जना स्वास्थ्यमा आउने चर्चा छ ।

मन्त्रालय बाँडफाँड टुंगिएसँगै मन्त्रिमण्डल शुक्रबार विस्तार हुने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई अन्यत्र सार्ने तयारी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com