कान्तिपुर डेन्टलले ल्यायो आफ्नै फार्मेसी संचालनमा, सहुलियत दरमा होम डेलिभरीको व्यवस्था


काठमाडौं । बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै अस्पताल फार्मेसी संचालनमा ल्याएको छ । सरकारको नीति अनुसार नै कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले आफ्नै अस्पताल फार्मेसी संचालनमा ल्याएको हो ।

कलेजका संचालक बुद्धिमान श्रेष्ठका अनुसार घटस्थापनाको दिनबाट अस्पतालले आफ्नै फार्मेसी संचालनमा ल्याएको हो । उक्त अस्पतालमा यस अगाडी भाडामा फार्मेसी चलाउन दिएको थियो । अस्पतालले भाडामा फार्मेसी संचालन गर्न दिदा बिरामीलाई औषधिको मुल्य बढी पर्न जान्छ । तर, अस्पताल आफैले चलाएको खण्डमा धेरै सस्तोमा बिरामीले औषधि किन्न पाउँछन् ।

बिरामीको सहजताका लागि अस्पतालले आफ्नै फार्मेसी संचालन गर्न लागेको हो संचालक डा श्रेष्ठले भने । औषधि किन्नकै लागी बजारमा निस्कने झन्झटलाई छुटकारा दिन कान्तिपुर डेन्टल होम डेलिभरीको व्यवस्था समेत गरेको छ । ‘कोरोना महामारीको समयमा छ डा श्रेष्ठले भने,’ ‘यस्तो समयमा हामीले बिरामीको आवश्यकता र माग अनुसार औषधि घरमै पु¥याउने व्यवस्था समेत मिलाएका छौं ।’

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com