स्वास्थ्यमन्त्री विरोध खतिवडाद्वारा पदभार ग्रहण 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् ।

आजै स्वाथ्यमन्त्रीमा नियुक्त भएका मन्त्री खतिवडाले पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्दै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सम्बन्धी रणनीतिको मस्यौदा मन्त्रिपरिषदमा पेश गर्नेगरी सदर गरेका छन् ।

त्यस्तै भवानीप्रसाद खापुङले पनि स्वास्थ्य राज्यमन्त्री पदभार सम्हालेका छन् । पदभार ग्रहणलगत्तै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मन्त्रीवडा र राज्यमन्त्री खापुङसमक्ष नेपालको स्वास्थ्य क्षेत्रको अवस्थाको विषयमा ब्रिफिङ गरेका थिए । उक्त समारोहमा मन्त्री खतिवडाले आफ्ना भावीयजनासमेत सुनाएका थिए । उनले सरकारले पहिला नै जनाइसकेका प्रतिबद्धता कार्यान्वयन गर्ने जनाए। साथै कोभिडप्रति ‘फोकस’ हुने खतिवडाको भनाई छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com