मन्त्रीले सपथ खाएकै बेला स्वास्थ्य मन्त्रालयमा अशुभ संकेत !


काठमाडौं । नयाँ मन्त्रीले सपथ खाएकै बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अशुभ संकेत देखिएको छ ।

घरमा उल्लु आएर बस्नुलाई अशुभ मान्ने धार्मिक तथा पौराणिक मान्यता रहँदै आएको छ । शुक्रबार स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले पदभार ग्रहण गरेको दिन नै स्वास्थ्य मन्त्रालय छतमा रहेको टावरमा उल्लु आएर बसेको छ । यसलाई धेरैले अशुभ संकेत भनेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा स्वास्थ्यमन्त्री बिरोध खतिवडा, राज्यमन्त्रीमा भवानी खापुङले सपथ खाइरहेको अवस्थामा मन्त्रालयमा उल्लु आएर बसेको हो ।

स्वास्थ्य मन्त्रालयको टावरमा उल्लु आएर बसेको दृश्य स्वास्थ्य लाइभले खिचेको हो । मन्त्रालयको टावरमा उल्लु आएर करिब एक घण्टा बसेको हो ।

आस्तिकहरूले धार्मिक तथा पौराणिक मान्यताअनुसार घरमा आएर उल्लु बस्नुलई अशुभ मान्ने गरेका छन् भने नास्तिकहरुले अन्धविश्वास भन्दै आएका छन् ।

जे होस् राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीले सपथ खाइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयमा उल्लु आएर बसेकाे विषयमा विभिन्न खाले बहस हुन सक्छ । यो विषयमा बहस  लागि हामीले आम पाठकलाई लागि छाडेका छाैं ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com