८ वर्षमा नर्भिक अस्पतालले झण्डै १२ हजारको विमानस्थलबाट उद्धार गर्‍यो


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले सन् २०११ सालदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हेल्थ डेस्क संचालन गर्दै आएको छ । यसबिचमा नर्भिकले हेल्थ डेस्ककाे माध्यमबाट ६० जना नेपाली र ११ हजार ५ सय ७९ जना विदेशी नागरिक गरी ११ हजार ६ सय ३९ जनाको स्वास्थ्य उपचार गरेको छ ।

नर्भिक अस्पतालले  एयरपोर्टमा संचालित हेल्थ डेस्क नागरिक उड्ययन प्राधिकरणसँग संझौता गरी स्थापना गरेको हो । नर्भिक अस्पताल र काठमाडौं मेडिकल कलेजका दुईनिजी हेल्थ डेस्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन् । तर, काठमाडौं मेडिकल कलेजको हेल्थ डेस्क त्यति प्रभावकारी छैन ।

सन् २०१२ यता ४५३ जना विदेशीको  एयपोर्टबाट सीधै नर्भिक पुर्‍याएर उपचार गरिएको छ । यता सरकारी हेल्थ डेस्कले ९ सय जनाको उपचार गरेको छ ।

विभिन्न देशबाट आउँने नागरिकसँगै नयाँ रोगहरु पनि भित्रन सक्ने भन्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क संचालन गरेको हो । तर, सरकारी हेल्थ डेस्कलाई बिरामी भएको र आएकोबारे कुनै जानकारी हुँदैन ।

संक्रामक रोगको आशंका लागेको खण्डमा मात्रै नर्भिकले सरकारी हेल्थ डेस्कलाइ जानकारी दिने गरेको छ । संक्रामक रोगको उपचार भने निजीले गर्दैनन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. विवेक कुमार लालकाअनुसार सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क संचालन गर्न ठाउँसमेत पाएको छैन । सानो ठाउँमा संचालन गरेका छौं । उनले अघि थपे, ‘स्थान अभाव भएकाले प्राधिकरणसमक्ष माग गरेका छौं । तर, नर्भिक अस्पतालको हेल्थ डेक्स राख्न भने भित्र भिआईपी ठाउँ दिइएको छ।’, नर्भिकलाई निःशुल्क स्थान उपलब्ध गारएको त्यहाँ रहेको नर्भिक अस्पतालको हेल्थ डेस्क प्रमुख तेज खड्काले बताए । उनीहरुले बिजुली र बत्तिको मात्रै पैसा तिर्नुपर्छ । विमानस्थलले उनीहरुका लागि थप ठाउँ उपलब्ध गराउने भएको छ ।

सेवाका नाममा अस्पताल पुर्‍याएका विदेशी

सन् २०१२
जम्मा बिरामी संख्या: ५७४
नेपाली ४९७
विदेशी ८९
एम्बुलेन्समा नर्भिक पुर्‍याएका ४५  जना

सन् २०१३
जम्मा बिरामी संख्याः ५८५
नेपाली  ५२७                                                            विदेशी ५८
एम्बुलेन्समा नर्भिक पुर्‍याएका १५ जना

सन् २०१४
जम्मा बिरामी संख्या :८७९
नेपाली ७८६
विदेशी ९३
एम्बुलेन्समा नर्भिक पुर्‍याएका ३० जना

सन् २०१५
जम्मा बिरामी संख्या :१११६
नेपाली ९८३
विदेशी ११३
एम्बुलेन्समा नर्भिक पुर्‍याएका २६ जना

सन् २०१६
जम्मा बिरामी संख्या: १०६७
नेपाली ९५०
विदेशी ११७
एम्बुलेन्समा नर्भिक पुर्‍याएका ३६ जना

सन् २०१७
जम्मा बिरामी संख्या:१२१०
नेपाली ११४३
विदेशी ६७
एम्बुलेन्समा नर्भिक पुर्‍याएका १९ जना

सन् २०१८
जम्मा बिरामी संख्या : ११७०
नेपाली ११०५
विदेशी ६५
एम्बुलेन्समा नर्भिक पुर्‍याएका २१ जना

सन् २०१९
जम्मा बिरामी संख्या : १०४८
नेपाली  ९८९
विदेशी  ५९
एम्बुलेन्समा नर्भिक पुर्‍याएवा ४ जना

डोमेस्टिकबाट जम्मा २०६ जना विदेशी नर्थिक अस्पताल लगेर उपचार

नर्भिकले डोमेस्टीकमा सन २०७३ सालमा हेल्थ डेस्क खोलेको हो । अस्पतालले डोमेस्टिकबाट उठाएका बिरामी भने सीधै अस्पतालमा लगेर भर्ना गरेको जनाएको छ । ‘लेक लागेर आएका हुन्छन् उनीहरुलाई हामी सिधै अस्पतालमा भर्नाका लागि पठाउँछौं।’, खड्काले भने, ‘उनीहरुको सिटी, एमआरआई, एक्सरे, अल्ट्रासाउण्डलगायत सबैखाले परीक्षण गर्नुपर्ने हन्छ त्यसैले उद्धार गर्नसाथ हामीले अस्पतालमा लगेर भर्ना गर्छौं।’, डाेमेस्टिकमा हेल्थ डेस्क २०७३ साल माघमा संचालन भएको हो ।

२०७३ पछि डाेमस्टिकबाट गरकाे उद्दार
२०७४ मा १९३९ जना उद्धार
विदेशी ११८
नेपाली ३१

२०७५ मा १८६९ जना उद्धार
विदेशी ९८
नेपाली २२

२०७६ मा १२२ जनाको उद्धार
विदेशी ३१
नेपाली ६

तत्काल उपचारको आवश्यकता पर्छ
तेज खड्का,
विमानस्थल नर्भिक हेल्थ डेस्क प्रमुख

लेक लागेकाहरु हुन्छन उनीहरुको भर्ना गर्नुपर्छ । सामान्य टेप टास्ने बिरामी भए हेल्थ डेस्कमा हुन्छ नत्र सबै भर्नाका लागि अस्पताल पठाउँछौं। थरर कामेर लड्छन । अन्तर्राष्ट्रिय विमानस्थलमा आउँने उनीहरूका लागि आवश्यक सबै स्वास्थ्य परीक्षण जरुरी भएको भनेर अस्पताल लगिन्छ । डोमेस्टीकमा भने हेलिबाट ल्याएर सीधै भर्ना गर्न अस्पताल पठाइन्छ । उनीहरुको सामानहरु पनि हामीले म्यानेज गर्छौ । ४ जना पारामेडिक्स र ४ जना डाक्टर हेल्थ डेस्कमा तैनाथ रहेका छन् ।

नर्भिकलाई बिरामी हुनासाथ खबर हुन्छ । एयरपोर्टको टर्मिनल डिउटी अफिसर हुन्छ । नागरिक उड्ययन प्राधिकरणले टिडिओ खटाएको हुन्छ । प्रहरी, अन्य कर्मचारी जसले बिरामी देखेपनि पहिला टिडिओलाई खबर गर्छन् । जहाँबाट ढलेपनि ती टर्मिनल डिउटी अफिसरले नर्भिकको हेल्थ डेस्कलाई सिधै खबर गर्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com