एयर इन्डियाको जहाजमार्फत १० लाख डोज भारतीय कोभिसिल्ड खोप आइपुग्यो


काठमाडौं । सरकारले भारतीय सेरम कम्पनीसँग किनेको १० लाख डोज कोभिसिल्ड खोप साढे दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

एयर इन्डियाको जहाजमार्फत १० लाख डोज कोभिसिल्ड खोप आइपुग्ने भएको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भारतबाट  १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको पुष्टी गरे ।

गत २०७७ माघ ५ गते सरकारले भारतीय कम्पनी सेरमसँग कोभिसिल्ड खोप किन्ने सम्झौता गरेको थियो । प्रतिडोज ४ डलर रुपैयाँमा किन्ने सम्झौताभएको कोभिसिल्ड खोप ९ महिनापछि नेपाल आइपुगेको हो ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com