डब्लुएचओ निगरानी

युएन हाउसभित्र रहेको डब्लुएचओलाई कमिसनको चक्करमा लागेका पाण्डवले व्यक्तिको घरमा सारे 


काठमाडौं ।  सरकारले सबै युएन एजेन्सीहरुलाई बस्नका लागि ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा सुविधासम्पन्न ठाउँ र भवन उपलब्ध गराएको छ । त्यसको नाम संयुक्त राष्ट्र भवन  अर्थात् युनाइटेट नेसन्स (युएन) हाउस राखिएको छ । यहाँ भित्र थुप्रै युएन एजेन्सीहरु बस्छन् ।

स्वास्थ्य क्षेत्रमा सरकारलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले नेपालमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई पनि युएन हाउस भित्रै राखिएको छ र बस्दै आएको छ । तर, हालै डब्लुएचओ भने युएन हाउसबाट बाहिरिएको छ ।

 

युएन हाउसम बस्दा सेवा शुल्क मात्र तिर्नुपर्ने डब्लुएचओले १० औं लाख भाडा तिर्ने गरी बाहिर निजी घरमा सारेको पाइएको हो । निजी घरमा सर्दा भाडालगायतमा मिलेमतो गरेर कमिसन लिन पाइने भएकाले युएन हाउसबाट डब्लुएचओलाई बाहिर निकालेर निजी घरमा लगेको युएन भित्र कै अधिकारीहरूको आरोप छ ।

युएन हाउस भित्र बसेको डब्लुएचओलाई कमिसनको चक्करमा लागेका डब्लुएचओ नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले व्यक्तिको घरमा सारेका हुन् । ‘पाण्डव आफू युएन हाउसमै बसेका छन्’, डब्लुएचओका अधिकारीले , ‘अन्य कर्मचारीलाई स्पेस कम भएको बाहना बनाएर उनले व्यक्तिको घरमा सारेका छन् ।’,

नेपाल प्रमुख भएर आएदेखि नै महामारीमा सरकारलाई टेक्निकल सपोर्ट गर्नुपर्ने पाण्डव नेता र उच्च कर्मचारीका मान्छेलाई जागिर दिने र कमिसनको चक्करमा लाग्नेबाहेक केही काम गरेका छैनन् । यसको पछिल्लो उदाहरण हो हालै युएन भवन बाहिर डब्लुएचओको अफिस सार्नु । डब्लुएचओमाथि निगरानी बढाएको स्वास्थ्य लाइभले डब्लुएचओ बसेको नयाँ घर पत्ता लगाएको छ ।

डब्लुएचओमा आवद्ध कर्मचारीहरुकाअनुसार यूएन हाउसमा बस्दा भाडा तिर्नु पर्दैन । उनिहरुले तिर्ने भनेको सेवा शुल्क (सर्भिस चार्ज) मात्रै हो । तर, हाल सरेको व्यक्तिको निजी घरमा महिनाको दश लाख रुपैयाँ तिर्नुपर्ने डब्लुएचओ उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । डब्लुएचओमा आवद्ध एक अधिकारीले भने,’डब्लुएचओ नेपाल प्रमुख डा. पाण्डवले ताण्डव देखाइरहेका छन् ।’,

पाण्डवले कोरोनामा सपोर्ट गर्ने भनेर २ सय मान्छे राजनीतिक भर्ति गरे । नेता र कर्मचारीसँग मिलेर भर्ना गरेका कर्मचारी महामारीको ज्ञानै नभएका छन् । सबै देशमा डब्लुएचओलाई सरकाले कुनै निश्चित ठाउँ दिएर राखेको हुन्छ । सोहीअनुसार युएन भवन सरकारले उपलब्ध गराएको हो । तर, नेपालमा डब्लुएचओको मनपरी छ । जहाँ कमिसन पाइन्छ त्यही निर्णय लिने क्रम पछिल्लो समय डब्लुएचओमा बढेको ती अधिकारीको भनाइ छ ।

डब्लुएचओमा आवद्ध अर्का एक कर्मचारीकाअनुसार धेरै कर्मचारी भर्ना गरेकाले स्थान अभाव भएको छ । नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘जथाभावी कर्मचारी भर्ना गरिएको छ । उता स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभागबाट समेत क्रमश कर्मचारी निकाल्ने योजना अनुसार कुपण्डोलमा घर भाडामा लिएको हो ।’,

आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागमा डब्लुएचोले कब्जा जमाए पछि स्वास्थ्य लाइभले डब्लुएचओमाथि निगरानी बढाउन थालेको हो । सरकारी कर्मचारीको कुर्सी मात्रै ओगटेर डब्लुएचओका कर्मचारी बसेका छैनन् उनिहरुले सरकारी कर्मचारीले गर्ने काम (निर्णयका टिप्पणी उठाउने)समेत गर्न थालेपछि डब्लुएचओलाई उचित व्यवस्थापन गर्नुपर्ने आवाज चारै तिरबाट उठ्न थालेको छ ।

कतिपय सरकारी अधिकारीहरुले डब्लुएचओ नेपाल प्रमुख डा. पाण्डवले गरेका कामहरु भारतीय दुतावासले गर्ने खालका भएको भन्दै उनलाई कारबाही गरी फिर्ता पठाउनु पर्ने बताएका छन् । महामारीमा स्वास्थ्य मन्त्रालयमै बसेर सचिव मन्त्रीलाई टेक्निकल सपोर्ट गर्नुपर्नेमा पाण्डव गाउँ-गाउँमा गन्जी बाँडेर हिडिरहेका छन् । यस्तो काम डब्लुआरको नभएको अधिकारीहरु बताउँछन् । डब्लुएचओ नेपाललाई पाण्डवले हाल भारतीय दुतावासको शाखा कार्यालय जस्तो बनाएर चलाएको  आरोप लाग्न थालेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com