मानिसद्वारा प्रकृति दोहन, मानव अस्तित्वमा संकट निम्तने खतरा


सुनसरी । मानिसले प्रकृतिमाथि दोहन गर्दा मानव अस्तित्वमा नै संकट निम्तने खतरा देखिएको छ ।

पैसाका लागि जथाभावी प्राकृति स्रोत दोहन गर्नाले मानिसको स्वास्थ्य मात्र होइन जीवन र अस्तित्व नै संकटमा पर्ने खतरा देखिएको हो ।

अहिले शहरीकरण र बस्ती विस्तारको नाममा पहाडहरू कोतर्ने र समाप्त पार्ने काम भइरहेको छ । यसले कोरोना भन्दा ठूल्ठूला महामारी निम्ताउने विज्ञहरूले चेतावनी दिएका छन् ।

बीपी राजमार्गको खुर्कोट खण्डको पहाड दोहनको अवस्था हेर्दा त्यो संकट धेरै टाढा नभएको भान हुन्छ ।

सरकारले चुरे पर्वत संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै अघि सारेको छ । तर डाँडा, महाभारत श्रृंखला अन्तर्गतका पहाडहरु संरक्षणमा चासो दिएको छैन । यसले गर्दा पहाडहरू जभाभावी दोहन हुँदा पनि जिम्मेवार सरकारी निकाय मुकदर्शक देखिन्छन् ।

पहाडको अस्तित्व जस्तै मानव अस्तित्वमा खतरा हुने विभिन्न वैज्ञानिक रिपोर्टलेसमेत सार्वजनिक रुपमै चेतावनी दिँदा पनि

मानिसद्वारा पहाड, पर्वत दोहन गर्ने प्रवृत्ति बढ्दो छ । यसले भविष्यमा ठूल्ठूला महामारी निम्तने निश्चित छ । मानिसले प्रकृतिमाथि थिचोमिचो गर्दा प्रकृतिले पनि मानिसमाथि थिचोमचो नगर्ला भन्न सकिन्न ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com