स्वास्थ्यका उच्च अधिकारीको दसैंः को कहाँ मनाउँदैछन् ?


oकाठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले अघिल्लो वर्ष स्वास्थ्यकर्मीहरुको दसैं सबैभन्दा बढी खल्लो भयो । परिवार गुमाउनेको पीडा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको पीडा कम थिएन ।

स्वास्थ्यकर्मीका कयौं दिन अनिदोमा बित्यो । कतिपयले सुत्केरी श्रीमती, बृद्ध आमाबुबा र अन्य परिवारका सदस्यसँग भेटसमेत गर्न पाएनन् । हजारौं बिरामीको आँशुलाई खुशीमा परिणत गराउने काममा लागिरहे । तर, यस पटकको दसैमा भने केही खुसी साट्ने प्रयास गरिरहेका छन् ।

विरोध खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले दसैं काठमाडौंमा मनाउने भएका छन् । सबै परिवार काठमाडौंमा भएकाले यसपालिको दसैं काठमाडौंमै मनाउने उनले स्वास्थ्य लाइभलाई बताए । ’मेरो पनि सबै स्वास्थ्यकर्मीहरुलाई वडा दसैंको शुभकामना छ’,उनले भने, ’ स्वास्थ्यमन्त्री भएको धेरै भएको छैन ।’,
‘मैले कुनै जानकारी पनि स्वास्थ्यको विषयमा लिन पाएको छैन मन्त्री खतिवडाले अघि थपे ‘शुक्रबार राती सपथ भयो, शनिबार बिहान कास्की गएँ, आइतबार पार्टीको बैठक भएकाले दिउँसो एक घण्टा मात्रै सचिवसँग बस्न पाए । लगत्तै हेटौडा गए त्यहा बधाई तथा शुभकामना सकेर २५ गते राती काठमाडौं आएँ। २६ गतेबाट सबै कार्यालय बन्द भएकाले मेरो कुनै भूमिका स्वास्थ्यमा हुन पाएको छैन । त्यसैले अहिले शुभकामना भन्दा बढी बोल्न सकिदैन।’,

डा रोशन पोखरेल

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल यस वर्ष खुशी साथ दसैं मनाउने बताउँछन् । ‘हाम्रा लागि विगतका दुईवर्ष निकै पीडादायी भयो’, सचिव पोखरेल भन्छन्, ‘घर परिवार र आफन्त नै नजिक हुन नपाउँदा चाडपर्व हाम्रा लागि टाडाभयो । यस वर्ष भने काठमाडौंमा सपरिवार वडादसैं मनाउने तयारीमा छौं ।’,
स्वास्थ्य सचिव पोखरेल स्वास्थ्यको ख्याल गर्दै दसैं मनाउन सबै नागरिकमा आग्रह गर्छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमणसिंह पनि लामो समय पछि परिवारसँग बसेर खुशी साट्न पाएको बताउँछन् । ’अघिल्लो वर्ष कोभिडले चाडपर्वबारे सोच्न पनि पाइएन’,उनले भने, ’यस वर्ष धेरै समयपछि परिवारबिच खुशी साटासाट गर्दैछु ।’,

प्रमुख विशेषज्ञ सिंहले वडा दसैंको रमाइलोसँगै सचिवले कुनै पनि बेला केही सहयोग माग्न सक्ने भन्दै तयारी साथ रहेको पनि सुनाए । ’हामीले लामो समयपछि स्वास्थ्य सचिव पाएका छौं, महामारी सकिएको छैन । सबै स्वास्थ्यकर्मी मिलेर सचिवलाई सहयोग गर्नुपर्छ ।’, उनले भने । प्रमुख विशेषज्ञ सिंहको दशै काठमाडौंमै हुनेछ । टीकाको दिन सिंह परिवार आफ्नो पुरानो घर लेले जानेछन् ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाले पनि यस वर्षको दसैं कोभिडको तयारीसँगै काठमाडौंमा मनाउने भएका छन् । अघिल्लो वर्ष कोभिडले अस्पतालभन्दा बाहिर निस्कन नपाएका बिच्छा यस वर्ष परिवारका सदस्यलाई लिएर न्यूरोडमा सपिङ् गर्न व्यस्त छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा महामारी रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल बाल बच्चा सहित पुर्ख्यौली गाउँ पोखरा पुगेका छन् । कोरोना महामारीको समयमा रातदिन काममा मात्रै खटिएका उनी यस वर्षको दसैं मनाउन सोमबार राती पोखरा पुगेका हुन् । उनले वडादसैं पोखरामै बनाउने बताए । यता सह–प्रवक्ता डा. समिर अधिकारीको दसैं पनि काठमाडौंमा हुनेछ । परिवारका सदस्यसँग खुशी साटासाट गरेपनि उनले कामको जिम्मेवारीबाट पन्छिन पाएका छैनन् । हरेक दिनको कोभिड तथ्यांक अपडेट गर्ने काम डा. अधिकारीको हो । यो काम उनले घरमा बसेरै भएपनि गर्नेछन् ।

गुणस्तर महाशाखाका प्रमुख डा. मदन उपाध्यायको दसैं पनि काठमाडौंमा हुनेछ । कोरोना महामारीको समयमा प्रदेश दुईमा पेलिएका उपाध्याय विशेष परिस्थितिमा पनि घर आउन पाएका थिएनन् । तर, यस वर्ष भने उनको दसैं निकै खुशी साथ बित्नेछ । मंगलबार दिनभर घर सफा गरेर दसैंको किनमेल गरेको उपाध्याय बताउँछन् ।

त्यसैगरी एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाको दसैं भने झापामा हुने भएको छ । दसैंको तयारी स्वरुप देवकोटा झापा पुगिसकेकी छन् । बृद्ध बुबा आमा भएकाले आशिर्वाद थाप्न काठमाडौंदेखि झापा गएको उनले स्वास्थ्य लाइभलाई बताइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा पनि दसैं मनाउन जनकपुर गएकी छन् । उनी ८ वर्षपछि दसैं मनाउन जनकपुर गएकी हुन् । अघिल्लो वर्ष कोरोनाको महामारीले गर्दा उनले परिवारसँग नियमित भेट गर्न पाएकी थिइनन् ।

 

डा रुणा झा

महामारीको समयमा देशभरका प्रयोगशाला हेर्ने जिम्मा पाएकी उनले अफिस छाड्न पाएकी थिइनन् । तर, यो वर्ष परिवारसँग खुसी साट्न डा. झा मंगलबार जनकपुर पुगेकी हुन् । यता परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. संगिता मिश्राको दसैं पनि विराटनगरमा हुने भएको छ । दसैं मनाउन उनी विराटनगर पुगिसकेकी छन् । आमाको स्वास्थ्यमा केही खराबी भएकाले डा. मिश्रा घरमै आमाको सेवामा जुटेकी छन् । कोरोना संक्रमण घट्दो क्रममा भएकाले यस वर्षको दसैंमा केही खुसी छाएको उनले बताइन् ।

शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाको दसैं अस्पतालमा बित्ने भएको छ । अस्पतालबाट करिब ५ किलोमिटरको दूरीमा घर भएपनि उनको दसैं बिरामी र अस्पतालमा कार्यारत स्वास्थ्यकर्मीकोबिचमा हुने भएको छ । उनले आफू विजयादशमीको दिन स्टाफहरुसँग रमाइलो गर्ने बताए । यसो गर्दा सबैमा हौसला मिल्ने उनको बुझाई छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालको दसै केही खल्लो भएको छ । सपरिवार घर पठाएर आफु एक्लै काठमाडौंमा बसेका छन् । केही पारिवारीक कारणले पनि उनि दसैमा एक्लै परेका हुन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको दसै पनि काठमाडौंमा हुने भएको छ । अघिल्लो वर्ष उनका लागि पनि दसै खासै उत्साह बन्न सकेन । कोरोना महामारी त्यसमा पनि सिनियर कर्मचारीलाई जिम्मेवारी बिहीन बनाएका कारण उनका लागि दसै रमाईलो हुन सकेन ।

यता आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले दसै काठमाडौंमा मनाउने भएका छन् ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कार्यकारी अधिकृत प्राध्यापक डा भुपेन्द्र बस्नेतको दसै यसवर्ष निकै रमाइलो गरी बित्ने भएको छ । यस वर्ष कार्यकारी अधिकृतमा नियुक्त भएकाले पनि परिवारजनमा दसै सँगै खुसी साटासाट गर्न पाउने भएका छन् । उनको दसै काठमाडौंमै हुने छ ।

यता परिवार कल्याण महाशाखाकी कम्युनिटी नर्सिङ अधिकृत कविता अर्याल पनि लामो समय पछि दसै मनाउन गाउँ गएकी छन् ।

उनी केही दिन अगाडी नै कन्चनपुर पुगेकी छन् । यस वर्ष उनको दसै परिवारजनसँग कन्चनपुरमा हुने छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ