दसैंमा सन्तुलन मिलाएर मात्रै खानोस्


काठमाडौं ।  दसैंको कुरा गर्दा खानपान र मनोरञ्जन संगसगै जोडिने गर्छ । तर, स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य तथा चिल्लो पदार्थ बढीभएका परिकार सेवन गर्दा हृदयघात, मस्तिष्कघात जस्ता रोग निम्तिन सक्ने भएकाले खानपिनमा ध्यान पुर्याउन चिकित्सकहरुले सुझाव दिएका छन् । दशैमा हुने मासु, मदिरा तथा मिठाइको अत्याधिक सेवनले हृदयघात, मस्तिष्कघात जस्ता रोग लाग्न सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

मासुमा चिल्लो र कोलेष्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मृगौला रोगीहरुले मासु खान नहुने चिकित्सकहरु बताउँछन् । छालामा कोलेष्ट्रोल र चिल्लोको मात्रा बढी हुने हुँदा छाला नखान चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सका अनुसार आन्द्राभूँडी टाउकोको सेवन हानिकार हुन्छ । मासु सेवन गरि सकेपछि सागसब्जी, फलफूल गेडागुडी, कागतीको सर्वत लगायत फाइबरयुक्त खानेकुराहरु खान उनिहरुको सुझाव छ । दशैं सकिए लगत्तै खानपानका कारण हुने उच्च रक्तचाप, हृदयघात, मुटुको धड्कन विग्रिएका विरामीहरु बढी आउने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजु बताउँछन् ।

सन्तुलीत मिलाएर खानु

चाडबाडको रमझमसँगै खानपानमा रमाउदा सतुलनमा रहन चिकित्सकहरुले सुझाव छ । उनिहरुले भोजनलाई औषधिका रुपमा र औषधिलाई भोजनका रुपमा लिन भनेका छन् । डा. कोजु भन्छन, ‘चाडबाडका समयमा नखाने भन्ने हैन । आवश्यकता अनुसार सबै कुरा खानुस तर सन्तुलन मिलाएर मात्रै खानुस् ।’ दशैको बिशेषता भनेको घर परिवार, आफन्त साथि भाईसँग जमघट गरी स्वादिला परिकारमा आनन्द लिनु पनि हो । पुराना जटिल रोगहरु हुन सक्छन् यस्ता व्यक्तिले आफ्नो दैनिक खानपानमा बिशेष ध्यान दिनु पर्छ डा. कोजुले भने ।

स्वास्थ्यकर आहारले मानिसलाई सबै प्रकारको कुपोषण लाग्न बाट जोगाइ मुटुरोग, स्ट्रोक, मधुमेह र क्यान्सर रोग लाग्न बाट बचाउँदछ । खानपानको कुनै परबाह नगरी निरन्तर सेवन गरेको खण्डमा मुटु, मिर्गौला, मस्तिष्क, आँखामा गंभिर समस्या देखिनुका साथै उच्च रक्तचापको बढी सम्भावना हुने गर्छ ।

एकै ठाउँमा बसेर खाँदा कलेजोमा समस्या
दसै तिहारतामा तास खेल्ने, रक्सी खाने पुरानै प्रचलन हो । एकै ठाउँमा वसेर तास खेल्ने र खाने गर्दा पेट तथा कलेजोमा समस्या हुने बरिष्ठ कलेजो रोग बिशेषज्ञ डा. दिलिप शर्मा बताउछन् । खानपानमा बिभिन्न प्रकारका विषाक्त पदार्थ मिसाएको हुने भएकाले स्वास्थ्यकर खानपानमा ध्यान नदिदा कलेजोमा खराबी आउन सक्छ शर्मा भन्छन । उनले, चाडबाड भन्दैमा आफ्नो शरिरले पचाउन नसक्ने भन्दा बढी खानु राम्रो नहुने उल्लेख गर्छन । नेपालीहरुको पाचन प्रक्रिया कमजोर छ शर्मा भन्छन्, ‘प्रोटिनको मात्रा बढी हुना साथ पखाला लाग्न थाल्छ । त्यसैले यस समयमा कुनै न कुनै समस्याले पिरोल्छ ।’ मासुजन्य खाने कुरासँग प्रशस्त मात्रामा रेसादार साग सब्जीको प्रयोग अनिवार्य पर्छ ।

छाला निकालेका पंक्षीको मासु खानु राम्रो
चिकित्सकहरुका अनुसार दसै तिहार जस्ता चाडमा खसी, रांगा, च्याग्राको रातो मासु खानुको साटो छाला निकालेर पंक्षीको मासु खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसमा अझ माछा खानु उत्तम हो । अर्का मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार रातो मासु युरिक एसिड, ट्राइग्लिसराइड, मुटु रोगीका लागि राम्रो मानिदैन ।

उनले भनेका छन्, ‘मासु पकाउदा थोरै तेल राख्नु पर्छ । मासुमा हुने बोसो सकेसम्म नखानु राम्रो हो ।’ हास, कुखुरा, माछा, चराचुरुङ्गीको मासु सेतो हुन्छ रातो रेसादार मासुको दाजोमा यो कम खतरनाक मानिन्छ । तर, यसको पनि बढी प्रयोग गरेको खण्डमा कोलेस्ट्रोल बढ्न सक्छ । अन्य समयमा भन्दा चाडबाडमा बढी फुर्सद निस्कन्छ । यो समय बढी हिंड्न सकेको खण्डमा खानाबाट प्राप्त क्यालोरी नियन्त्रण गर्न मद्धत पुग्छ ।

मदिराको प्रयोग कति गर्ने
दसै तिहारताको समयमा मदिराको अत्याधिक उपयोग हुने गरेको पाइन्छ । डा. रेग्मीका अनुसार एक दिनमा एक स्वस्थ पुरुषले दुई ड्रिक र महिलाले एक ड्रिक लिदा कुनै समसया हुदैन । एक ड्रिकमा ३० मिलिलिटर हुस्की, डेढ सय मिलिलिटर वाइन र अढाई सय मिलिलिटर वियर हुन्छ । तर मुटुको समस्या भएका व्यक्तिले मदिरा सेवन गर्नु हुँदैन डा. रेग्मी भन्छन । चिकित्सकहरुले भनेका छन् मस्तिष्काघात युरिक एसिड वढेका, गर्भवती महिला, कलेजोको रोगीहरु, मधुमेह विरामीहरुले मदिरा सेवन गर्नु उपयुक्त हुँदैन ।

रक्सी र मासुको एकै पटक प्रयोग गर्नु हुदैन रेग्मी भन्छन, यसले स्वास्थ्यमा दिर्घकालिन समस्या ल्याउन मद्धत पुर्याउछ । एक दिनमा एक व्यक्तिले हुस्कि ३ प्याक अर्थात ६० देखि ९० एमएल सम्म खाँदा असर गर्दैन । वियर १ वोतल अर्थात ६५० मिलिलिटर र वाइन १ गिलास मात्रै खान उपयुक्त हुन्छ ।

मिठाइ खादा ख्याल गरौं
दसै तिहारताका बेला घरमा बनाइने मिठाइ संगै वजारमा पाइने मिठाईको समेत प्रसस्त प्रयोग हुने गरेको छ । मिठाइको प्रयोग गर्दा मोटोपना निम्तन सक्छ । चिकित्सकका अनुसार मिठाई खाँदा उमेरको समेत ख्याल गर्नुपर्छ ।

बजार अनुगमन असाध्यै कमजोर छ जसले गर्दा मिसावट भएका मिठाई बजारमा प्रसस्ती छन् । यसले स्वास्थमा हानी पुर्याउदछ । चाडबाडमा मिसावट भएका मिठाइहरु प्रयोग हुन्छ डा. प्रकाश राज रेग्मी भन्छन्, ‘यसले रगतमा कोलेस्टेरोल र सुगरको मात्र बढाउनुका साथै तौललाई पनि बढाउँने काम गर्छ । त्यसैले यस्तो खानेकुरा कम खानुपर्छ ।’ मधुमेहका रोगीले मिठाइ सेवन गरेको अवस्थामा उसले खाने अन्य खानामा कटौती गर्नु पर्छ रेग्मीले भने ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com