टीका कै दिन कोरोनाबाट ८ को मृत्यु, १ सय ११ जना भेन्टिलेटरमा


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार आज कोरोना संक्रमण (कोभिड-१९) बाट थप ८ जनाको मृत्यु भएको छ । टीकाको दिन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ८ जनाको कोरोनाबाट मृत्यु भएको उल्लेख छ ।  त्यस्तै १ सय ११ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेकाले भेन्टिलेटरमा राखिए छ । ३ सय ७ जना कोरोना संक्रमित आइसियूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७१२ नमूनाको परीक्षण गर्दा २ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको   हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com