१ लाख ६ सय २० डोज फाइजर खोप आउँदै


काठमाडौं । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई दिन मिल्ने कोरोना विरुद्धको फाइजर खोप केही दिन भित्रै आउने भएको छ । दशैका कारण रोकिएको खोप अबको केही दिनमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुबिधा मार्फत १ लाख ६ सय २० डोज खोप कोभ्याक्स सुबिधा मार्फत आउने भएको हो । मिति एकिन नगरिए पनि कोभ्याक्सले अक्टोबर २५ भित्र पठाउने बताएको छ ।

फाइजर खोप भण्डारण गर्न सरकारले चार वटा कोलचेन तयार गरेको छ । ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ । यो खोपको सेल्फ लाइफ पूर्णरुपमा कायम गर्न अल्ट्र«ाकोल्डचेन (माईनस ४४ देखि माईनस ८० सेल्सियस ) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यो सबै तयारी पुरा भएको छ ।

फाइजर खोपलाई माईनस १५ देखि २५ डिग्रि सेल्सियस मा १४ दिन भण्डारण गर्नुपर्ने हुन्छ । माईनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ । यो खोप एक पटक अल्ट्र«ाकोल्डचेन (माईनस ४४ देखि माईनस ८० सेल्सियस) बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरे पछि पुन माईनस (जम्ने) तापक्र्रममा कदापी राख्न हुदैन । तसर्थ यो खोप प्राप्त भए पछि कार्यक्रम संचालन हुदा विशेष ध्यान दिनुपर्ने अधिकारीहरु बताउँछन् ।

फाइजर खोप अन्य जस्तै एक ब्यक्तिलाई २ मात्रा दिनु पर्छ । हाल प्राप्त हुने १ लाख ६२० मात्रा खोप दुवै मात्रा दिनको लागि सुनिश्चितता गरेर करिव ४५ हजार लाई पहिलो मात्रा र सोहि समुहलाई दोस्रो मात्रा दिनेगरी व्यवस्था गरिएको छ ।

लक्षित समूह
कोभिड संक्रमणको उच्च जोखिममा रहेका दिर्घ रोगीहरु हृदय रोग, मिर्गौला, क्यान्सर, अन्य गंभिर रोगी, अंग प्रत्यारोपण सँग सम्बन्धी रोग, उच्च रक्तचाप र डायबेटिज भएका बिरामीहरुलाई फाइजर खोप दिने तयारी भएको छ । उनिहरुलाई लगाएर बचत भएको अवस्थामा वैदेशिक रोजगारमा जाने नागरिक र अन्य प्राथमिकताका उमेर समुहलाइ दिइने छ ।

फाइजरका लागि खोप केन्द्र
काठमाण्डौ उपत्यकामा विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालहरु गंगालाल हृदयरोग केन्द्र, शिक्षण अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल गरि ५ र ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुरमा भक्तपुर क्यान्सर अस्पतालमा खोप केन्द्र राखेर फाइजरको खोप लगाइने छ । त्यस्तै सातवटै प्रदेशका प्रादेशिक अस्पताल वा तोकिएका अस्पतालहरुमा केन्द्र तोकि खोप दिइने छ ।

कसरी संचालन हुन्छ फाइजर खोप

  1.  दैनिक खोपकेन्द्रमा खोप लिन आउन सक्ने अवस्थाको विरामीहरुलाई हप्ताको कुनै दुई दिन तोकेर खोप दिइने छ ।
  2. उक्त प्रकारका विरामीहरु अस्पतालमा भर्ना भएका छन र चिकित्सकको सिफारिसमा खोप दिन मिल्ने भएमा ५ जनाको समुह वनाई जुनसुकै दिन खोप दिने सकिने छ ।

जनशक्ति पचिालन
खोप दिने स्वास्थ्यकर्मी ः प्रत्येक अस्पताल बाट कम्तिमा २ जना स्वास्थ्यकर्मी तोकिने छ । सके सम्म यस अघि कोभिड १९ विरुद्धको खोप अभियानमा खोप संचालनमा संलग्न ब्यक्तिलाई नै छनौट गरिने छ । यदि अस्पताल बाट जनशक्ति अभाव भएमा तोकिएको दिन खोप संचालन गर्न खोपकेन्द्रको नजिकको पालिका÷वडा तहको स्वास्थ्य संस्था बाट १ जना खोप कार्यकर्ता ब्यवस्था गर्ने सरकारले जनाएको छ । यो कार्यको लागि स्वास्थ्य कार्यालयले पालिका, स्वास्थ्य संस्था संग समन्वय गर्ने ।
ए.ई.एफ.आई ब्यवस्थापन र खोप सेसनको लागि संयोजक ः खोपकेन्द्र तोकिएको अस्पतालसंगको समन्वयमा सम्बन्धित अस्पताल बाट १ जना वालरोग विशेषज्ञ÷मेडिकल अफिसर÷चिकित्सक लाई संयोजक तोक्ने र प्रत्येक खोपकेन्द्रमा ए.ई.एफ.आई. किटको ब्यवस्थापन गर्ने ।

खोपकोल्डचेन, आपूर्ति वितरण र खोप सेसन सचालनमा समन्वय र गुणस्तर अनुगमन ः यो कार्यको लागि काठमाण्डौ उपत्यकामा स्वास्थ्य कार्यालयको समन्वयमा प्रत्येक जिल्लामा १ जना सुपरिवेक्षक तोक्ने । यो कार्यको लागि कोभिड खोप कार्यक्रममा सहयोग गर्ने साझेदार निकायहर बाट समेत आबश्यक्ता अनुसार परिचालन गर्ने । खोप संचालन हुने जिल्ला बाट खोप कार्यक्रम फोकल पर्सन ÷कोभिड फोकल पर्सनलाई समन्वय तथा ब्यवस्थापनको जिम्मेवारी दिने । खोप संचालन हुने अस्पताल बाट १ जना चिकित्सक संयोजक तोक्ने । संघिय र प्रदेश खोप भण्डारण बाट १ जना फोकल पर्सन तोक्ने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com