अबको ३ दिन यात्रामा निस्कदा ख्याल गर्नुहोला


काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले अबको ३ दिन यात्राका लागि जोखिम हुने संकेत गरेको छ ।

मौसमको ख्याल नगर्दा मानवीय क्षतिसमेत हुन सक्ने मौसमविद्हरू दाबी गर्छन् । जल तथा मौसम विज्ञान विभागकाअनुसार आईतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हावाहुरीसहित भारी वर्षाकोसमेत संभावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि संभावना रहेको विभागले जनाएको छ ।

त्यसैले आइतबारदेखि केही दिन यात्रा गर्दा ध्यान दिन आवश्यक छ । नत्र खराब मौसमका कारण प्राकृतिक विपत्ति निम्तदा ज्यान जोखिममा पर्ने सम्भावना छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com