पत्रकारलाई किन बाँडे चितवन मेडिकल कलेजका हरिशचन्द्रले पैसा?


चितवन । पत्रकारलाई दशैं खर्च मागेको आरोप लगाउने भरतपुरको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले आफैले पत्रकारहरुलाई दसैं खर्च भन्दै नगद बाँडेको खुलेको छ । रात्रीकालीन भोजसहित खाममा नगद राखेर उनले पत्रकारलाई दसैँ खर्च उपलब्ध गराएका हुन् ।

गत साल असोज अन्तिम हप्तामा नयाँ पत्रिकामा ‘निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै’ शीर्षकको प्रकाशित समाचारका बारेमा ट्वीटरमा टिप्पणी गर्दै उनले लेखेका थिए ‘पत्रकारलाई दशैं लाग्यो होला ?’,

उनै डाक्टर न्यौपानेले यसपटक दसैँमा ५ हजार खाममा राखेर दिएका हुन् । यद्यपि उनले कुन-कुन सञ्चार माध्यमका पत्रकारलाई खाममा हालेर उक्त रकम रकम बाँडेका हुन् भन्ने कुरा खुलेको छैन।  केहीको नाम र प्रमाण प्राप्त भएपनि स्वास्थ्य लाइभले त्यसलाई सार्वजनिक नगरी गोप्य राखेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com