स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउन खोजेको हुँ, फेरि मेयर भएर भत्काउछु: केशव स्थापित

तत्कालीन स्वास्थ्यमन्त्री आरके मैनालीले बदमासी गरे


काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले स्वास्थ्य मन्त्रालयको माथिल्लो तला अवैध रुपमा बनाएको बताएका छन् । स्वास्थ्य लाइभसँग कुरा गर्दै तत्कालीन मेयर स्थापितले आफूले स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउन खोजेको तर अदालतमा मुद्दा परेका कारण भत्काउने काम रोकिएको जनाए ।

स्वास्थ्य मन्त्रालयको अवैधानिक १४ कोठामा मन्त्रालयको कामकाज र एनएचएसएसपीको बसोबास रहेको तथ्य काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर स्थापितले पुष्टि गरेका छन् ।

प्रसिद्ध विदेशी आर्किटेकले बनाएको डिजाइन बिगारेर तत्कालीन स्वास्थ्यमन्त्री राधाकृष्ण (आरके) मैनालीले स्वास्थ्य मन्त्रालयको माथिल्लो तला अवैध रूपमा थपेको मेयर स्थापितको भनाइ छ । ‘कानुन सबैलाई लाग्छ भन्ने कुरालाई बेवास्ता गर्दै आरकेले मन्त्री ठूलो हो भन्दै आफै तला थप्ने निर्णय गरेछन् । मैले स्थानीय कानुनअनुसार मन्त्रालयको अवैध संरचना बनेको ठहर गर्दै भत्काउन पत्रचार गरेको हुँ’, उनले भने, ‘आरकेले बद्मासी गरेपछि र महानगरको  भत्काउने आदेश पालना नगरेपछि म आफैं गएर स्वास्थ्य मन्त्रालयलको अवैध संरचना  भत्काउने तयारीमा थिए । तर अदालतमा मुद्दा रहेकाले भत्काउने समय पुगेन ।’,

सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) भन्ने संस्थाले अदालतमा मुद्दा हालेकाले स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउने योजना अधुरै रहेको भन्दै स्थापितले फेरि मेयर बनेर स्वास्थ्य मन्त्रालयलको अवैध संरचना भत्काएर छाड्ने उद्‌घोष गरे ।

विश्वमा कहलिएका डिजाइनरले विश्वभरी बनाएको डिजाइन विपरीत स्वास्थ्य मन्त्रालय बनेकाले भत्काउन आवश्यक रहेको स्थापितको भनाइ छ । स्थापितले अघि थपे, ‘सोनाले हिरोइज्म देखाउन मन्त्रालयको अवैध संरचना भत्काउन मुद्दा हाल्यो त्यो आदेश मैले नै गरिसकेको थिए, सोनाले जस लिन अदालतमा जाँदा भत्काउने काम रोकिएको हो। अब फेरि मेयर बनेर भत्काउछु।’,

आरकेले कानुनभन्दा ठूलो आफूलाई ठानेर बनाएको त्यो अवैध संरचना भत्काउनै पर्ने स्थापितको तर्क छ । त्यो अवैध संरचनाले मन्त्रालय भवनको डिजाइन मात्र होइन स्वरूप नै बिगारेर नराम्रो देखिएको र अन्तर्राष्ट्रियस्तरमासमेत नेपालको नराम्रो छबि बनेको स्थापितले सुनाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com