मोहन वैद्य नर्भिक अस्पताल भर्ना


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य नर्भिक अस्पताल भर्ना भएका छन् । दमको समस्याबाट ग्रसित वैद्य स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका अनुसार दम बढेपछि उहाँलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि उहाँलाई अस्पताल ल्याइएको हो । छातिको एक्सरे गर्दा सामान्य दाग दिएको छ । तर, स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com