केशव स्थापितले स्वास्थ्य मन्त्रालय भत्काइदिन्छु भनेपछि…


काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले स्वास्थ्य मन्त्रालयले अवैध संरचना भत्काउने भनेपछि यसले चौतर्फी चर्चा पाएको छ ।

काठमाडौं महानगरका तत्कालीन मेयर स्थापितले तत्कालीन स्वास्थ्यमन्त्री राधाकृष्ण (आरके) मैनालीले गरेको मन्त्रालयको तला थप्ने निर्णय उल्टयाउँदै भवनको अवैध संरचना भत्काउने आदेश गरेका थिए।

स्थापितले आर्किटेक डिजाइन र महानगरको अनुमतिविपरीत स्वास्थ्य मन्त्रालयको माथिल्लो तला थपेपछि भत्काउन पत्रचार गरेका थिए । तर, स्वास्थ्य मन्त्रालयले भत्काउन अटेर गरेपछि स्थापित आफैं पत्र बोकेर तत्कालीन स्वास्थ्यमन्त्री आरके मैनालीलाई भेट्न पुगेका थिए । उनले मन्त्रालय भत्काउन डोजर लिएर जाने तयारी गर्दैगर्दा अदालतमा मुद्दा परेकाले समय नपुगेर स्वास्थ्य मन्त्रालयको भवनमा गैरकानुनी रुपमा थपिएको संरचना भत्काउने काम पूरा हुन नसकेको स्वास्थ्य लाइभसँगको कुराकानीमा स्पष्ट पारेका छन् ।

माइतीघरमा डोजर लगाएर चर्चामा आएका तत्कालीन मेयर स्थापितले तीनतला बनाउन अनुमति दिएको स्वास्थ्य मन्त्रालयको भवनमा चौधो तला पनि थपेपछि डोजर लगाएर भत्काउन खोजेका हुन् । महानगरले भत्काउने तयारी गर्दागर्दै सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना)ले अदालतमा मुद्दा हालेपछि स्वास्थ्य मन्त्रालयमा डोजर हान्ने तयारी पूरा हुन नसकेको स्थापित सुनाउँछन् । सोनाले पनि उक्त अवैध संरचना भत्काउनु पर्ने मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यो अवैध संरचनामा स्वास्थ्य क्षेत्रका आइएनजिओ माफियाहरुले चलाएको एनएसएसएसपी भन्ने आइएनजिओले कब्जा गरेर रजाईं गरिरहेको छ । स्वास्थ्य मन्त्रालयमा अवैध रुपमा थप गरिएको उक्त संरचना फेरि काठमाडौं महानगरको मेयर भएर भत्काउने कुरा स्थापितले स्वास्थ्य लाइभलाई भनेसँगै यो विषयले फेरि चर्चा पाएको हो ।

‘फेरि मेयर बनेर स्वास्थ्य मन्त्रालयको त्यो अवैध संरचना भत्काउने योजनामा छु।’, स्थापितले स्वास्थ्य लाइभसँग भने ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com