औषधि बाँड्दै हिड्ने इनरुवाका सोमराजको निधन


सुनसरी । सुनसरीको इनरुवामा औषधि बाँड्दै हिड्ने डाक्टर बस्नेतका रुपमा परिचित सोमराज बस्नेतको निधन भएको छ ।

इनरुवाका घर-घरमा औषधि बाँड्दै हिड्ने बस्नेतको सोमबार इनरुवामै निधन भएको हो । उनको अन्तिम संस्कार ३ बजे  सुनसरी खोलामा हुने पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौंको चोभारमा जन्मिएर समाजसेवा गर्न सुनसरी झरेका बस्नेतले भारतबाट औषधि ल्याइ इनरुवा र मधेषाका गाउँ-गाउँमा पुगेर औषधि वितरण गर्ने गरेको स्थानीयहरू बताउँछन् । खासगरी सर्पको टोकाईबाट हुने मृत्यु रोक्न डा. बस्नेतको विशेष भूमिका रहेको इनरुवाका स्थानीयहरुको भनाइ छ ।

डा. बस्नेतले औषधि दिएर सुनसरीमा सयौंको संख्यामा सर्पदंशका बिरामी जोगाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com