स्वास्थ्य लाइभ फलोअप

अर्बौ ठगी गरी प्रहरीको फरार सूचीमा परेका व्यक्तिकै सेटिङ्मा दुबई जानेको अवैध पिसिआर परिक्षण, नेपाल एयरलाइन्सका सिइओकोसमेत संलग्नता भएको आशंका


काठमाडौं । नेपाली कामदारबाट अर्बौ रुपैयाँ ठगीको आरोपमा फरार सूचीमा परेका मेनपावर व्यवसायी कैलाश खड्काले पिसिआर परीक्षणमासमेत ठगी गरेको पाइएको छ । स्वास्थ्य लाइभले खड्काको प्रयोगशालाबाट दुबई जाने कामदारमाथि ठगी भइरहेको फेला पारेको छ ।

नेपाल प्रहरीको फरार सूचीमा परेका खड्का नेपालमा नभएको सूचना स्वास्थ्य लाइभले पाएको छ । उनी विदेशमा बसेर नेपालमा सेटिङ मिलाउँदै दुबई जानेहरुको कोरोना परिक्षण गराउँदै आएको पाइएको छ । ठगी आरोपमा प्रहरीले मुद्दा दायर गरेपनि खड्कालाई जिल्ला अदालतले उन्मुक्ति दिएको थियो । सोही फाइदा उठाउँदै पुनः ठगी गर्न थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना परीक्षणका लागि नाङ्गलो पसलझैँ अवैध पिसिआर ल्याब चलिरहेका छन् । खड्काले पनि क्रिष्टल डायग्नोष्टिक प्रालिमार्फत विमानस्थलमा ¥यापिड आरटी पिसिआर परीक्षण गराएर ठगी धन्दा चलाउँदै आएका छन् ।  फरार अभियुक्त खड्काले यो प्रयोगशाला अवैध रुपमा चलाइरहेको फेला परेको छ।

नेपालमा प्रयोगशाला सञ्चालन गर्न वा शाखा विस्तार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएको हुनुपर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति नलिएको र अनुगमन नभएको ल्याब सञ्चालन गर्नु अवैध कार्य हो, स्वास्थ्य मन्त्रालयका गुणस्तर तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्याय भन्छन् ।

स्रोतका अनुसार कामदार ठगी गर्ने फरार सूचीका कैलाश खड्कालाई नेपाल एयरलाइन्स र दुबई एयरलाइन्सका उच्च अधिकारीहरुले साथ दिएका छन् । खड्कालाई नेपाल एयरलाईन्सका सिइओ डिम प्रकाश पौडेलको आर्शीवादका कारण ठगी गर्न सहज भएको छ ।

‘नेपाल एयरलाइन्सका अधिकारीहरुले पिसिआर गरेबापत ल्यावसँग कमिसन माग गरेका थिए’, एक उच्च अधिकारीले भने, कमिसन दिन नसक्ने भएपछि सिइओ डिम प्रकाश पौडेल सहितको टिम अवैध प्रयोगशाला त्यसमा पनि ठगी कै आरोप झेलेका खड्काको शरणमा पुगेका हुन् ।’,

पौडेलसँग स्वास्थ्य लाइभले पटकपटक सम्पर्क र एसएमएस गर्दा पनि सम्पर्कमा आउँन चाहेनन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत रहेका खड्कामाथि कारबाही हुनुपर्नेमा उसैले खोलेको अवैध पिसिआर ल्याबबाट कमिसन खाएर यात्रुलाई क्रिष्टलमा मात्रै पिसिआर गर्न बाध्य पार्ने डिम प्रकाशमाथी पनि छानविन हुनु पर्ने अधिकारीहरुले बताएका छन् । क्रिष्टल बाहेकको प्रयोगशालामा गरिएको ¥यापिड पिसिआरलाई विमानस्थलका कर्मचारीले फर्काउने गरेका छन् । तर, विदेशमा भने नेपालको कुनै पनि मान्यता प्राप्त प्रयोगशालाबाट पिसिआर गरेको रिपोर्ट भए हुन्छ ।

विमानस्थलमा क्रिष्टल ल्याव खडा गरी एयरलाइन्सका कर्मचारीलाई सेटिङ् मिलाएर अवैध रुपमा पिसिआर गर्न बाध्य पार्ने खड्कामाथि माइग्राम्स र बायोमेट्रिकका नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने गरिब कामदारसँग अर्बौ रुपैयाँ ठगी गरेको आरोप छ ।

खड्काले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा करिब २ अर्ब ठगी गरेको आरोप लागेको छ । उनी प्रहरीको फरार सूचीमा परेका व्यक्ति हुन् । तर, पक्राउ गर्ने प्रहरीलाई नै खड्काले सेटिङ्मा लिएर दुबई जानेहरुको पिसिआर रिपोर्ट क्रिष्टलको मात्रै अनिवार्य गर्न दबाब दिएको पाइएको छ । सोमबार विमानस्थलको प्रहरी क्रिष्टलबाहेक अन्य ल्यावमा पिसिआर गर्न गएको भन्दै कारबाहीका लागि स्टार अस्पताल र सुमेरु अस्पतालको ल्याबमै पुगेको अधिकारीहरुले बताएका छन् ।

०७६ सालमा मलेसिया जाने कामदारबाट ५ अर्ब ठगी गर्नेहरूविरुद्ध सरकारले कारबाही चलाउँदा खड्का फरार भएका थिए । महासंघले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी २ अर्ब रुपैयाँ ठगी गरेको सरकारले नै गरेको अनुसन्धानबाट खुलेको थियो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा माइग्राम्स र बायोमेट्रिक नामका सिन्डिकेट खडा गरी १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी ठगीका मास्टरमाइन्ड कैलाश खड्काले दुबई जानेहरुको पिसिआर परिक्षणमा पनि अवैध रुपमा सिन्डिकेट खडा गरेर ठगी गरिरहेका छन् । दुवै ठगीका योजनाकार कैलाश खड्का नै हुन् । उनले संचालनमा ल्याएको अवैध ल्यावले पिसिआर रिपोर्ट दिँदा समयसमेत फर्जी हालेर दिएका कारण त्यहाँ परिक्षण हुन्छ भन्नेमा आशंका उब्जिएको छ ।

स्टार अस्पतालको रिपोर्ट

स्टार अस्पतालको रिपोर्ट नमानेपछि क्रिष्टलमा गरेको पिसिआर तर समय स्टारको भन्दा अगाडि

गत ६ जेठ ०७५ मा कामदार ठगीमा संलग्न विभिन्न कम्पनीहरूमा प्रहरीले छापा मारी ४८ जनालाई पक्राउ समेत गरेको थियो । ४२ जनाविरुद्ध सरकारले ठगीमा मुद्दासमेत चलाएको थियो । त्यस लगत्तै फरक भएका खड्का लामो समय सम्म प्रहरीको फरारसूचीमा रहे । केही सहपाठीले अदालतबाट सफाइ पाएपछि खड्कालेसमेत अदालतमा गएर सरेन्डर गरेका थिए । पछि खड्कालाई जिल्ला अदालतले उन्मुक्ति दियो ।

खड्काको नेतृत्वमा करिब २ अर्ब रुपैयाँ ठगी भएको प्रतिवेदन प्रहरीले दिए पनि सरकारी वकिल कार्यालयले उनीहरूसँग १ अर्ब ७१ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो । त्यस्तै खड्काकै लगानीको वेलकेयर अस्पताल र डायनास्टिक मेडिकल सेन्टरलाई ४ करोड ४९ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com