स्वास्थ्य लाइभ फलोअप

विमानस्थलका नाङ्गलो पसलझैँ अवैध पिसिआर ल्याबमाथि प्रहरीको छापा


काठमाडौं । कोरोना परीक्षण गर्ने नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा खुलेका अवैध पिसिआर ल्याब र स्वाब कलेक्सन सेन्टरमाथि जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । विमानस्थलमा नाङ्गलो पसलझैँ अवैध पिसिआर ल्याब, स्वास्थ्य मन्त्रालय रमिते बन्दा रिपोर्ट गुणस्तरमै शंका शिर्षकमा स्वास्थ्य लाइभले मंगलबार समाचार प्रकाशित गरेको थियो ।

त्यसलगत्तै बुधबार पुन: स्वास्थ्य लाइभले अर्बौ ठगी गरी प्रहरीको फरार सूचीमा परेका व्यक्तिकै सेटिङ्मा दुबई जानेको अवैध पिसिआर परिक्षण, नेपाल एयरलाइन्सका सिइओकोसमेत संलग्नता भएको आशंका शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीले नाङ्गलो पसलझैँ खुलेका अवैध पिसिआर ल्याबमाथि बुधबार छापा मारेको हो । प्रहरीले सबै ल्याव तथा स्वाब कलेक्सन सेन्टरमा गएर दार्ता अनुमति पत्र र मापदण्ड पुगे नपुगेका कागतजात लिएको एक अधिकारीले बताए ।

विमानस्थलमा भएका एक दर्जन प्रयोगशालामध्ये स्टार अस्पताल र सुमेरु अस्पतालले सञ्चालन गरेका प्रयोगशाला मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट संचालन अनुमति पाएका छन् । तर, ठगी गरी फरार सूचीमा रहेका क्रिष्टल डायाग्नोष्टिक ल्याबका संचालक कैलाश खड्काले अनुमती बिना प्रहरी देखि नेपाल एयरलाइन्सका सिइओ डिम प्रकाश पौडेलसम्मलाई सेटिङ्मा लिएर दुबई जाने नेपालीहरुको एकलौटी अवैध पिसिआर परीक्षण गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मंगलबार विमानस्थलका ल्यावमाथी अनुगमन गरि तीनदिन भित्र रिपोर्ट दिन परिपत्र गरेको छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली अनुगमनमा नजादै विमानस्थलका प्रयोगशालाले बिहीबार अनुगमनका लागि आउने सूचना पाइसकेका छन् ।

संचालकहरु अनुगमनमा आउने जानकारी पाएपछि क्रिष्टल डायोग्नोष्टिकले दर्ता तथा अनुगमनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिएको जानकारी स्वास्थ्य लाइभले पत्ता लगाएको छ । यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली अनुगमनमा जाने जानकारी पाएका ल्याबहरुले रातारात सरसफाइ र बदमासीका कागजहरु लुकाउन थालेको विमानस्थलका कर्मचारीले स्वास्थ्य लाइभलाई बताए ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com