बीपीका पदाधिकारी हटाउन तीन सदस्यीय छानबिन समिति गठन


काठमाडौं । वीपीका पदाधिकारी हटाउने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको अध्यक्षतामा स्वास्थ्य सचिव र धरान उपमहानगरपालिकाका मेरय सदस्य रहेको तीन सदस्यीय समिति गठन भएको हो ।

यस अगाडी पनि वीपीको अनियमितता बारे छानबिन गर्न बिभिन्न समितिहरु बनिसकेका छन् । गत १३ भदौंमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा पनि समिति बनेको थियो । तर, त्यसले पनि रिजल्ट दिन सकेन । सोही प्रयोजनका लागी बनेको यो समितिले पनि उपलब्धी हासिल गर्न सक्नेमा धेरैलाई शंका छ ।

वीपीका पदाधिकारी हटाउनका लागि सिनेट बोलाउन उपकुलपति ज्ञानेन्द्र गिरीले अटेर गरेपछि देउवाले मन्त्री श्रेष्ठको अध्यक्षतामा समिति बनाएका थिए । सरकार पक्रिया पुरÞ्याएर वीपीका पदाधिकारी हटाउने तयारीमा जुटेको छ । स्वास्थ्य मन्त्री खतिवडाले २१ दिन भित्र समितिले रिपोर्ट तयार पार्ने बताए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com