मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइले सरकारी जग्गा हडपेर घर बनाए


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई ( मार्सी)का भाइ युवराज प्रसाईले सरकारी जग्गा हडपेर घर बनाएको तथ्य फेला परेको छ ।

देविनगरस्थित युवराज प्रसाईको घर

काठमाडौं महानगरपालिकाको वडा नम्बर १० देवीनगरस्थित देवीनगर क्लबसँगै रहेको युवराजको पहेँलो घरले सरकारी जग्गा मिचेको पाइएको हो । झापाको  प्रस्तावित बिएण्डसी मेडिकल कलेजका मालिक दुर्गाका भाइ युवराजले आफ्नो घर बनाउँदा अगाडि भागमा रहेको सरकारी जग्गामा तीनवटा सटर निकालेर संरचना बनाएको पाइएको छ ।

सरकारी जग्गा हडपेर निकालेको सटर

युवराजले सरकारी जग्गामा बनाएको संरचना व्यापरी प्रयोजनका लागि भाडामा लगाएर भाडा खाइरहेका छन् । सरकारी जग्गामा संरचना बनाएर भाडा खानु ठगी हो ।

सरकारी जग्गा हडप्ने युवराज प्रसाई

गृह मन्त्रालयले हालै सरकारी जग्गा हडप्नेप्रति कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारेको छ । गृह मन्त्रालयको पछिल्लो विज्ञप्तिअनुसार सरकारी जग्गा हडपेर घर बनाउने युवराज प्रसाईको उक्त संरचना भत्काउनुका साथै भाडा खाएबापत ठगीमा मुद्दा चलाउने अवस्था देखिन्छ । सरकारी जग्गा हडपेर बनाएको संरचनामा मासु पसलदेखि किराना पसलसम्मलाई भाडाामा लगाएर ठगी गरिएको छ ।

उनको रुद्रमती पुल सीधै अगाडि सरकारी जग्गा हडपेर संरचना बनाइ भाडा खाएका हुन् ।

चाम्लिङले हडपेको सरकारी जग्गा रातो गोलो घेरामा

युवराजकै छेउमा इन्द्रकुमार चाम्लिङले पनि सरकारी जग्गामा संरचना बनाइ भाडा खाइरहेका छन् । चाम्लिङले पनि सरकारी करिब १० वटा संरचना बनाएर मासिक लाखौं भाडा खाइरहेका छन् । गृह मन्त्रालयले चाम्लिङले हडपेको संरचना पनि भत्काउने संकेत गरेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com