स्वास्थ्य सेवामा पुरूष भन्दा महिला इमानदार !


काठमाडौं । स्वास्थ्य सेवामा पुरुष भन्दा महिला कर्मचारी इमानदार दर्ज भएका छन् ।

सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरणीय काम गर्नेलाई प्रदान गर्ने ‘इन्टेग्रिटी आइकन’ २०२१ मा महिला स्वास्थ्यकर्मी उत्कृष्ट स्थानमा पर्न सफल भएसँगै स्वास्थ्य सेवामा पुरुष भन्दा महिला कर्मचारी इमानदार र बफदार छन् भन्ने कुराले चर्चा पाएको छ । इन्टेग्रिटी आइकन’ २०२१ भेरी अस्पतालको नर्सिङ अधिकृत शिला शर्मा र भक्तपुर अस्पतालको मेडिकल सुपरीटेण्डन डा. सुमित्रा गौतमले प्राप्त गरेसँगै सार्वजनिक सेवामा महिलाको योगदान र इमानदारिताको चर्चा सुरू भएको हो । इन्टेग्रिटी आइकन’ २०२१ को उत्कृष्ट पाँचमध्ये तीनजना महिला पर्नु र स्वास्थ्य सेवाबाट परेका दुईजना महिला नै हुनुले सार्वजनिक (स्वास्थ्य) सेवामा पुरूष भन्दा महिला इमानदार र लगनशील रहेको भन्ने विषयमा बहस सुरू भएको छ ।

स्वास्थ्य पृष्ठभूमिबाटै करियर सुरू गरेकी नवलपुरकी सिडिओ मनमाया पंगेनी भट्टराई पनि उत्कृष्ट पाँच भित्र पर्नुले थप चर्चा पाएको छ । इन्टेग्रिटी आइकन’ २०२१ को उत्कृष्ट पाँच भित्र तीनजना महिला परेसँगै सार्वजनिक (निजामती, स्वास्थ्य) सेवामा पुरूष भन्दा महिला इमानदार छन् भन्ने कुरा बहसको विषय बनेको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com