दुर्गा प्रसाईका भाइले सरकारी जग्गा हडपेर घर बनाएकोमा गृह मन्त्रालयको चासो


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईका भाइ युवराज प्रसाईले सरकारी जग्गा हडपेर बनाएको संरचनाप्रति गृह मन्त्रालयले चासो देखाएको छ ।

‘मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइले सरकारी जग्गा हडपेर घर बनाए’ शीर्षकमा स्वास्थ्य लाइभमा समाचार प्रकाशित भएपछि यो विषयमा गृह मन्त्रालयले चासो राखेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले देवीनगरस्थित सार्वजनिक/ सरकारी जग्गा हडपेर संरचना बनाइ भाडा खाएको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको बताए । सरकारी जग्गा हडपेर संरचना बनाएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर सार्वजनिक जग्गा संरक्षण गरिने उनको धारणा छ।

स्वास्थ्य लाइभसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा संरक्षणमा विशेष भूमिका खेल्ने भएकाले जिल्ला प्रशासन कार्यालयले त्यो विषयमा कदम चाल्ने प्रवक्ता पोखरेलको भनाइ छ । सार्वजनिक जग्गा संरक्षणका लागि छुट्टै संयन्त्र रहेकाले त्यो संयन्त्रले यो विषयमा काम गर्ने उनले तर्क छ ।

सरकारी जग्गामा संरचना बनाएर भाडा खानु ठगी भएको बताउँदै प्रवक्ता पोखरेलले यो विषयमा उजुरी परे ठगीमासमेत कारबाही अगाडि बढ्ने स्पष्ट पारे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com