नर्भिकमा शनिवार मुटु रोगको निःशुल्क सेवा


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार मुटु रोगको निःशुल्क सेवा दिने भएको छ । केही हप्ताबाट नर्भिक अस्पतालले शनिवार पारेर बिभिन्न रोगसँग सम्बन्धित स्वास्थ्य सेवा निःशुल्क दिदै आएको छ । सोही निरन्तरता स्वरुप शनिवार (भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा दिन लागेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालका चिकित्सक डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क सेवा दिने पालो परेको छ । उनले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुलाई बिना पैसा सेवा दिनेछन् । मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट लाभान्वित हुनसक्नेछन् ।
निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com