कान्तिपुर डेन्टलको प्राविधिक सहयोगमा गल्याङ्ग नगर अस्पतालमा दन्त विभागको स्थापना


काठमाडौं । हरेक व्यक्तिको मुख स्वास्थ्य राख्ने उदेश्यका साथ कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा स्याङ्जाको गल्याङ्ग नगर अस्पतालमा दन्त विभागको स्थापना गरिएको छ ।

रोटरी क्लब अफ काठमाडौं नर्थ, रोटरी इन्टरनेशनल काठमाडौं ३२९२ र न्यू ताइपे ताइवानको रोटरी क्लब अफ उकु जिङ्जोङ र रोटरी इन्टरनेशनलको संयुुक्त आयोजनामा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा दन्त विभागको स्थापना गरिएको कलेजका संचालक तथा रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

२० लाख रुपैयाँ लगानिमा सो दन्त विभागको स्थापना गरिएको हो । २ वर्ष सम्म कान्तिपुर डेन्टल तथा शिक्षण अस्पतालले जनशक्ति व्यवस्थापन गर्ने छ ।

त्यस्तै गल्याङ्ग नगर अस्पतालले दन्त विभाग राख्नका लागि स्थानको उपलब्धता गराएको छ भने, सेवाका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापन रोटरी इन्टरनेशनलले गरेको छ ।

सेवा शुक्रबार देखिनै सुरु भएको छ । दुई वर्ष पछि अस्पताललाई हस्तान्तरण गर्ने सहमती भएको डा श्रेष्ठले बताए । उनका अनुसार अत्यन्त न्यून शुल्क लिएर सेवा प्रवाह गरिने छ । उक्त विभागको स्थापना सँगै गल्याङ्ग नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, पाल्पाको रम्भा गाउँपालिका र राम्पुर नगरपालिकाका जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा पाउनेछन् ।

उक्त कार्यक्रममा गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारीले मुख स्वास्थ्यको अभियानलाई राष्ट्रव्यापी बनाउनु पर्ने बताए । डा श्रेष्ठले दन्त विभागको स्थापना गरेर मुख स्वास्थ्यमा देखाएको सक्रियतालाई सबैले आत्मसाथ गर्नुपर्ने नगर प्रमुख अधिकारीले बताए । दन्त विभागले गल्याङ्ग बासी मात्रै नभएर आसपासका अन्य थुप्रै सर्वसाधारणहरुलाई समेत ठुलो राहत पु¥याएको बताए ।

उता ताइवानका रोटरी क्लब अफ उकु जिङ्जोङका अध्यक्ष रोटरीयन पावरले दन्त विभाग स्थापना गरी आम नागरिकलाई सस्तो र गुणस्तरीय सेवा प्रवाह गरेको प्रति आभार व्यक्त गरे ।

नगर अस्पताल व्यवस्थापन समितिका सदस्य प्रेम श्रेष्ठले दन्त विभागको आवश्यकता महशुस गरे । पछिल्लो समय अधिकाशं रोगहरु मुख दन्त स्वास्थ्यकै कमजोरीले गर्दा भइरहेको बताउँदै दन्त विभागको स्थापना भएकोमा धन्यवाद दिए । उक्त कार्य गर्ने कान्तिपुर डेन्टल कलेज र त्यसका संचालक डा बुद्धिमान श्रेष्ठ प्रति आभार व्यक्त गरे ।

रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष खेमराज घिमिरेले पनि दन्त विभाग संचालन गरेको भन्दै सुभकामना दिएका छन् । श्रेष्ठ स्याङ्जा जिल्लाका एक समाजसेवी समेत हुन् ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com