काे बन्दैछ स्वास्थ्य सेवा विभागकाे महानिर्देशक?


काठमाडौं । स्वास्थ्यमा आकर्षक रुपमा हेरिएकाे स्वास्थ्य सेवा विभागकाे महानिर्देशक काे बन्ला भन्ने चर्चा सुरु भएकाे छ । वर्तमान महानिर्देशक डा . आरपी बिच्छाले अवकाश पाएसँगै नयाँ महानिर्देशकमा कसले बाजी मार्ला भन्ने चर्चा स्वास्थ्य क्षेत्रमा सुरू भएको हो । आइतबार मन्त्रालयले नयाँ महानिर्देशक पठाउने भएकाे छ ।

कतिपयले सरकारले विज्ञका रुपमा डा. बिच्छालाइ तीनवर्ष सेवा थप गरेकाले उनकै निरन्तरता हुनसक्ने अड्कल गरेका छन् । तर, कतिले भने, अतिरिक्त सेवा थप गर्दा महानिर्देशक अर्थात् कार्यकारी पदमा राख्न नहुने तर्क गरेका छन् । कानुनले पनि अवकाश पछि सेवा थप गरेकाे व्यक्तिलाई कार्यकारी पद दिन हुने वा नहुनेबारे बाेलेकाे छैन । बालराेग बिशेषज्ञ डाक्टर बिच्छा आफू पनि महानिर्देशक पद दाेहाेर्याउने पक्षमा छैनन । तर, राज्यले आवश्यकता महशुस गरे महानिर्देशक हुने उनकाे इच्छा छ ।

बिच्छाले ७ कार्तिकबाट अवकाश पाउँदैछन् । उनकाे अवकाशसँगै स्वास्थ्यमा नयाँ महानिर्देशक बनाउने विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिराेध खतिवडा छलफलमा जुटेका छन् । उनले स्वास्थ्य सेवा विभागकाे महानिर्देशकबाट सरुवा सुरु गर्ने बताएका छन् । मन्त्रालय उच्च श् स्रोतकाअनुसार मन्त्री खतिवडा बिच्छालाई पुनः महानिर्देशकको जिम्मेवारी दिने पक्षमा छैनन् ।

स्वास्थ्य सेवा विभागकाे महानिर्देशक बन्न हालका स्वास्थ्यका सबैभन्दा सिनियर कर्मचारी डा. भिमसिंह तिंकरी पहिलाे नम्बरमा छन्। यस अघि पटकपटक उनलाई बाइपास गर्दै आर्थिक लेनदेनका आधारमा जुनियरलाई विभागकाे महानिर्देशक बनाइएकाे थियाे । अहिले मन्त्री खतिवडा आर्थिक लेनदेनमा लागेर जुनियरलाइ विभागकाे जिम्मेवारी दिन्छन् भन्नेमा धेरैलाई शंका छ । तिंकरी कुनै पनि राजनितीक पार्टीमा आवद्ध छैनन् । उनी मन्त्री सचिव र राजनिती नेताहरुकाे चाकडीमा नलाग्ने भएका महानिर्देशक हुनबाट पटकपटक राेकिएका कर्मचारी हुन् । तर, स्वास्थ्यलाई संकट परेकाे बेला निकास निकाल्न भने सरकारले तिंकरीलाइ अगाडि सार्ने गरेकाे छ ।

यता स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह, पूर्व महानिर्देशक डा. गुणराज लाेहनी र डा. तारा पाेखरेल पनि महानिर्देशककाे चर्चामा छन् ।
सरकारले महानिर्देशक नियुक्तिसँगै १२ औं तहकाे बढुवा पनि अगाडि बढाउने भएकाे छ । अहिले स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने व्यक्ति स्वास्थ्यको प्रमुख विशेषज्ञ ( १२ औं तह ) मा बढुवा हुने निश्चित छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com