स्वास्थ्य सेवा विभागमा सिंह-बिच्छा लुकामारी


काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह र डा. आरपी बिच्छाको लुकामारी जस्तै भएको छ । यस अघि विभागको महानिर्देशकबाट आफूलाई विस्थापित गर्ने डा. बिच्छालाई डा. सिंहले विस्थापित गरेका छन् ।

सिंह र बिच्छाबीच स्वागत बिदाइ कार्यक्रम तीनमहिना नपुग्दै दोहोरिएको छ । यस अघि स्वास्थ्य सेवा विभागमा सिंहले स्वागत र बिच्छाले बिदाइ गरेका थिए । आज बिच्छाले स्वागत र सिंहले बिदाइ गर्ने अनौठो संयोग जुरेको छ ।

बिच्छा र सिंह जुन बाटो आए त्यहिँ बाटो गएका छन् अर्थात् बिच्छा कान्ति बाल अस्पतालबाट आएका थिए फेरि कान्तिमै फर्किएका छन् भने सिंह स्वास्थ्य सेवा विभागबाट स्वास्थ्य मन्त्रालय गएका थिए फेरि त्यहिँ बाटो स्वास्थ्य सेवा विभाग फर्किएका छन् । आउँदाखेरि नै विवादित बनेका डा. बिच्छा विवादकैबीच विभाग छाडेर कान्तिमा जागिर खान गएका छन् । खोप व्यवस्थापनको हिसाबले भने उनी सफल महानिर्देशक नै रहेको देखिन्छ ।

डा. सिंह र डा. बिच्छाको स्वास्थ्य सेवा विभागको महानिर्देशकमा लुकामारी चलेको स्वास्थ्यमा चर्चा छ ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com