कोभिड मृत्यु

सेना र स्वास्थ्यबीच फेरि कसरी फरक पर्यो मृतकको तथ्यांक


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या यस पटक पनि फरक परेको छ । अघिल्लो वर्ष नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा दुई हजार बढी फरक परेको थियो ।

स्वास्थ्य मन्त्रालयको भन्दा नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या दुई हजार बढी भएपछि एक उच्चस्तरीय छानविन समितिले त्यसको सत्यतथ्य पत्ता लगाएको थियो । यस वर्ष पनि नेपाली सेना र स्वास्थ्य मन्त्रालयबीच फेरि करिब ५ सय जना मृतकको संख्या फरक परेको छ ।

तर, यस वर्ष स्वास्थ्य मन्त्रालयको भन्दा नेपाली सेनाले गरेको शव व्यवस्थापन कम देखिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेल हालसम्म नेपाली सेनाले १० हजार ८ सय ६० जनाको शव व्यवस्थापन गरेको बताउँछन् । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल सम्म ११ हजार ३ सय ४८ जनाको शव व्यवस्थापन भएको छ । दुई निकाय बीच ४८८ जनाको संख्या फरक परेको छ ।

अघिल्लो वर्षझैँ यस वर्ष पनि कोरोनाबाट मृत्यु भएको संख्यामा समस्या देखिएको जानकारहरु बताउँछन् । तर, नेपाली सेनाका प्रवक्ता पौडलेको बुझाई केही फरक छ । ‘कोरोना सुरु भएदेखीहाल सम्म नेपाली सेनाले १० हजार ८ सय ६० जनाको शव व्यवस्थापन गरेको छ, ‘स्वास्थ्यको यो पटक अली बढी देखिएको छ’, प्रवक्ता पौडेलले भने, ’पछिल्लो समय सेना नभएपनि शव व्यवस्थापन गर्न पाइने निर्देशीका जारी गरेकाले यस्तो फरक पर्न गएको हुन सक्छ ।’,

पिछल्लो समय सेनाबाहेक पनि आफैले शवको व्यवस्थापन गर्न पाउने नियम आएपछि हाम्रोमा घटेको हुन सक्ने पौडेलको तर्क छ । ’ दुर्गम गाउँहरुमा शवको व्यवस्थापन गर्न सेना पुगेको छैन । हामीले गरेको तथ्यांक हाम्रो आएको छ । तर, हामी सहभागी नभएको स्थानको तथ्यांक आएको ’, उनले भने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com