फाइजरको पहिलो खोप नेपाल आइपुग्यो, छठ पछि लगाइने


काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने कोरोना विरुद्धको फाइजर खोपको पहिलो खोप नेपाल आइपुगेको छ । यो खोप १२ वर्ष देखि माथिका सबैलाई लगाउन मिल्छ । अमेरिकाबाट कोभ्याक्स सुबिधा मार्फत १ लाख ६ सय २० डोज फाइजरको खोप काठमाडौं आइपुगेको छ ।       

सरकारको लामो प्रयास पछि बालबालिकालाई लगाउन मिल्ने खोप कतार एयरलाइन्सको फ्लाइट नम्बर ६४८ मार्फत आज नेपाल आएको हो । तर, सरकारले बालबालिकालाई भने नदिने निर्णय गरेको छ ।                     

खोप थोरै भएकाले दीर्घ रोगीहरुलाई दिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले बताए ।

फाइजरको उक्त खोप विश्व मधुमेह दिवसको दिन पारेर कार्तिक २८ देखि मंसिर ३ सम्म पहिलो मात्रा लगाउने सरकारी कार्यतालिका रहेको छ । यो खोप अघिल्लो जस्तो सहज छैन ।

स्वास्थ्यकर्मीहरुलाई तालिमको आवश्यकता पर्ने भएकाले छठ पछि मात्रै लगाउन सुरु गरिने छ । २३ वटा खोप केन्द्र तोकेको सरकारले प्रति केन्द्र दुई हजार नागरिकलाई लगाउने योजना बनाएको छ ।     

फाइजर खोप २ देखि ८ डिग्री तापक्रममा एक महिना राख्न सकिन्छ । त्यस्तै यसलाई घोलेपछि ६ घण्टा भित्र लगाइसक्नु पर्छ । अधिकारीहरुले बताए अनुसार ० दशमलब ३ मात्रा खोप दिनुपर्छ । यस अगाडीको खोप ० दशमलब ५ मात्रा दिइन्थ्यो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com