स्वास्थ्यमन्त्री नेतृत्वको छानबिन समिति बीपी प्रतिष्ठानमा

उपकुलपतिसहितका पदाधिकारी बर्खास्त गर्ने आधार खोज्दै


सुनसरी । स्वास्थ्य जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेको छ ।

बीपीका पदाधिकारी बर्खास्त गर्ने उद्देश्यले प्रधानमन्त्री एवं बीपीका कुलपति शेरबहादुर देउवाले गठन गरेको समितिले फिल्डमै गएर अध्ययन थालेको हो ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको नेतृत्वमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई सदस्य रहने गरी समिति बनाएका थिए ।

स्वास्थ्यमन्त्री एवं बीपी प्रतिष्ठानका सहकुलपति खतिवडा नेतृत्वको समितिले प्रतिवेदन पेश गर्ने बित्तिकै सिनेट बोलाएर बीपीका पदाधिकारी बर्खास्त गर्ने ‘मुड’मा प्रधानमन्त्री देउवा रहेको बालुवाटार स्रोतको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com