डा. चक्रराज पाण्डे : कर छलीमा संलग्नदेखि ग्रान्डीको डाइरेक्टरबाट आउटसम्म


काठमाडौं । धापासीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको डाइरेक्टरबाट हालै आउट भएका डा. चक्रराज पाण्डे धेरै कमाउने महँगा चिकित्सकका गनिन्छन् ।

ग्राण्डी अस्पतालमा विभिन्न अनियमितता आरोप लगाउँदै अस्पताल डाइरेक्टरबाट हटाइएका डा. पाण्डे आयकर छलीमासमेत संलग्न रहेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

मेडिकल डाइरेक्टरको जिम्मा पाएका डा. पाण्डेलाई ग्राण्डी अनियमितता गरेर लाजिम्पाटस्थित अनामिवा हेल्थ एण्ड वेलनेश सेन्टर नामको क्लिनिक खोली बिरामीलाई निजी क्लिनिकमा लगेर कमाउ धन्दामा लागेपछि हटाइएको ग्राण्डी अस्पतालको दाबी छ । पाण्डेले भने त्यो आरोप गलत भएको बताउँदै आएका छन् । पाण्डेलाई आयकर छलीदेखि ग्राण्डी अस्पतालमा अनियमितता गरेकोसमेत आरोप लागेको हो ।

महालेखा परीक्षकले सार्वजनिक गरेको २०७४ को वार्षिक प्रारम्भिक प्रतिवेदनकाअनुसार पाण्डेको वार्षिक कमाई ३ करोड १५ लाख रुपैयाँ रहेको छ । आन्तरिक राजस्व विभाग र महालेखा परीक्षकको उक्त प्रतिवेदनलाई आधार मान्दा पाण्डे नेपालकै महँगा चिकित्सकमा आउँछन् । नेपाल कै महँगा चिकित्सकमा दरिएका उनको कमाई मासिक २६ लाख २५ हजारका हिसाबले वार्षिक सवा तीन करोड देखिन्छ । पाण्डेले यो रकम विभिन्न शीर्षकमा लिएका महालेखाको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । डा. पाण्डेले एक करोडबढी पारिश्रमिकमा लाग्ने आयकर नतिरेको अर्थात् कर छली गरेको महालेखाले औँल्याएको छ ।

नेपालमा सञ्चालनमा रहेको बैंकहरुको कार्यरत सिईओेको कमाइ पन्ध्र लाखसम्म भएको समाचार आउने गरेपनि चिकित्सकको कमाइ विषयमा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । स्वास्थ्य लाइभलाई प्राप्त विवरण हेर्दा डा. पाण्डेको कमाई पनि बैंकका सिईओको भन्दा कम छैन  ।

महालेखाको प्रतिवेदनले पाण्डेलाई हटाएर ग्राण्डीको इन्टरनेसनल अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएका अर्थोपेडिक एवं स्पाइन सर्जन डा. विनोद बिजुक्छे मासिक आम्दानी १२ लाख ५८ हजार ३ रुपैयाँ देखाउँछ । त्यो हिसाबले बिजुक्छेको वार्षिक कमाई डेढ करोड रूपैयाँ भन्दाबढी रहेपछि आयकर नतिरेको भन्दै असुल गर्न महालेखाले आन्तरिक राजस्व विभागलाई भनेको खुल्न आएको हो । तर, आयकर बापतको उसुल्नु पर्ने उक्त रकम असुलउपर भए/ नभएको खुलेको छैन ।

क्याटेगोरी : विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com