बीपी अनियमितता फलोअप

बीपीका पदाधिकारीलाई ७२ घण्टे अल्टिमेटम : यस्तो छ पदाधिकारी-समितिबीच सवालजवाफ


काठमाडौं । सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारी हटाउने अन्तिम तयारी गरेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयबाट गएको मन्त्री र सचिवको टोलीले ७२ घण्टे अल्टिमेटम दिएको छ । समितिले पदाधिकारीलाई कारबाही गर्न नपर्ने कारण लिखित रुपमा दिन भन्दै ७२ घण्टाको समय दिएको छ ।

छानबिन समितिका एकजना सदस्यकाअनुसार पदाधिकारी सबैलाई राखेर छलफल गरिएको थियो । स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन टोली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेर बेथिति केलाएको हो ।

छानबिन गर्न स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बीपीका पदाधिकारीसँग प्रतिष्ठानमा भएका बेथितिको विषयमा स्पष्ट जवाफ मागेका थिए ।

कसले  के भने छलफलमा

समितिः बीपीको विषयमा किन यति धेरै अनियमितताका कुराहरु बाहिर आएका छन् ?

पदाधिकारीः बाहिर जे कुराहरु आएका छन्, यसमा कुनै सत्यता छैन ।

समितिः विभिन्न समिति बने, अख्तियारले कागजात लग्यो, मिडियामा प्रमाणहरुसहित बेथितिका कुरा बाहिर आएका छन् ?

पदाधिकारीः यमा हाम्रो कुनै हात छैन । हामी निर्दोष छौं । जति बाहिर कुराहरु आएका छन् सुनियोजित रुपमा संस्था र यहाँका कर्मचारीलाई बद्नाम बनाउने किसिमले आएका हुन् ।

समितिः सबै प्रमाणहरुबाहिर आउँदा पनि तपाइहरुमाथि कारबाही किन नगर्ने ? कारबाही गर्न नपर्ने कारण खुलाएर तीनदिन भित्र लिखित जवाफ दिनुहोला ?

पदाधिकारीः हामी लिखित जवाफ दिन्छौं तर, निर्दोेष छौं ।

 

क्याटेगोरी : Videos, मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com