बीपीमा भेटेको भनेर ठाडो स्वरले हप्काए स्वास्थ्यमन्त्रीले चिन्ने !


काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडा हक्की र स्पष्ट स्वभावका व्यक्तिका रूपमा परिचित छन् ।

प्रधानमन्त्री एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कुलपति शेरबहादुर देउवाले प्रतिष्ठाको सहकुलपतिसमेत रहेका खतिवडाको नेतृत्वमा एउटा उच्चस्तरीय समिति बनाए । समितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई सदस्य रहेका छन् । प्रतिष्ठानका पदाधिकारी हटाउने आधार खोज्न २१ दिनको म्याद पाएको समितिका संयोजक खतिवडा धरान पुगेर संस्थालाई सुधार गर्न आएको स्पष्ट पारे ।

समितिका सदस्य पोखरेल र राईलाई साथमा राखेर बीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै उनले प्रतिष्ठानका विषयमा धेरै विवाद आएको धारणा राखे । प्रतिष्ठानमा भ्रष्टाचार र गलत क्रियाकलाप भएको मन्त्री खतिवडाको भनाइ थियो । जुन उद्देश्यले प्रतिष्ठान खुलेको त्यो उद्देश्यअनुसार न रहेको र गिर्दो अवस्थामा रहेको उनको संकेत थियो ।
भाँचिएको टेबल कुर्सी देखाइदिएर के गर्ने बाथरुमको फोहोर देखाइदिएर के गर्ने? टाउको कै व्यवस्थापन गर्नुपर्ने संयोजक खतिवडाको तर्क छ ।
प्रतिष्ठानमा चलिरहेको आन्दोलन र पदाधिकारीलाई केन्द्रविन्दुमा राखेर आएकाले आयोगको रिपोर्टअनुसार कुलपतिले ऐनमा टेकेर बर्खास्त गर्न सक्ने उनको संकेत थियो ।

मुलीले ठिक ढंगले काम नगर्दा समस्या आउने भन्दै खतिवडाले पदाधिकारीले ठिक ढंगले काम कारबाही नगर्दा प्रतिष्ठानमा समस्या, भ्रष्टाचार र बेथिति देखिएको आसप व्यक्त गरे । उनले नयाँ व्यवस्थापनकोसमेत प्रशंग निकालेर पदाधिकारी हटाउने संकेत गरेका हुन् ।

हक्की स्वभावका मन्त्री खतिवडाले बीपीमा भेटेको भनेर ठाडो स्वरले हप्काए चिन्ने भन्दै रमाइलोसमेत गर्न भ्याए । आफूलाई भेटेर बीपीको विषयमा कुरा गर्न सहजै सकिने भन्दै  उनले अघि थपे ‘केही मैले चिनिने भनेपनि धरान आउँदा खेरि त्यहाँ बीपीमा आउँदा खेरि हामीसँग बसेको मान्छे हो हामी भन्नुहोस् न म बुझिहाल्छु।’,

बीपीको माहोल तताउँदै अझ एक स्टेप अघि बढेर खतिवडाले भने  ‘केही पनि मैंले बुझ्न सकिन नामबाट अर्थोक केहीबाट भनेपनि हामीले त्यहाँ भेटेको बेलामा केही परे फोन गर भनेको होइन भनेर मलाई ठाडै स्वरले हप्काउनु न !’,

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ