म्याद गुज्रिन थालेपछि खोप दिने थपिँदै, माल्दिभ्सको दुई लाख डोज भोलि आउँदै


काठमाडौं ।  कोरोनाविरुद्धको खोपको म्याद गुज्रिन थालेपछि खोप दिने दाता थपिँदै गएका छन् ।
विभिन्न दातृ निकाय तथा देशले नेपाललाई खोप दिने प्रतिवद्धता जनाउन थालेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र जसरी भएपनि चैत्र भित्र खोप लगाइसक्न स्वास्थ्यका अधिकारीलाई निर्देशन दिएका छन् ।
किनेर भएपनि खोप लगाउन प्रधानमन्त्रीको निर्देशन छ । यसैबीच माल्दिभ्सले दिने २ लाख १ हजार ६ सय डोज एष्ट्राजेनेका खोप आइपुग्ने कार्यतालिका छ ।

खोपको म्याद सकिन लागेपछि माल्दिभ्स मात्र होइन घाना र बुर्किना फासोलेपनि नेपाललाई खोप दिन तयार देखिन्छन् । धेरै खोप भएका र तत्काल प्रयोग हुने सम्भावना नभएपछि माल्दिभ्ससहितका देशले नेपाललाई खोप पठाउँन लागेका हुन् । भुटानले पनि नेपाललाई यहीं कारण खोप दिएको हो ।

म्याद गुज्रिन थालेपछि अन्य देशले पनि खोप नेपाललाई खोप दिन चासो देखाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com