यी हुन् ‘पाइपलाइन’मा रहेका साढे ३ करोड डोज कोरोना खोप


काठमाडौं । नेपालमा करिब साढे तीन करोड डोज खोप नेपाल आउने पाइपलाइनमा छन् ।
नेपालमा आउने पाइपलाइनमा रहेका खोपहरूमा फाइजर, मोडर्ना, सिनोफम, जेन्सन, भेरोसेल, एष्ट्राजेनेकालगायतका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार ३ करोड ३४ लाख ५० हजार १ सय ६० डोज खोप पाइपलाइनमा रहेका छन् ।

पाइपलाइमा रहेका खोपहरूमा एस्ट्राजेनेका खोप २ लाख १ हजार ६ सय डोज भोलिसम्म आइपुग्ने भएको छ । सिनोफार्मको १९ लाख डोज खोप नोभेम्बर २ सम्म आउने  कार्यतालिका रहेको छ ।

स्विजरल्याण्ड सरकारले दिने एस्ट्राजेनेका १ लाख ४४ डोज खोप पनि  आउने पाइपलाइनमा छ । कोभ्याक्स कार्यक्रम अन्तर्गतको १ लाख ८८ हजार १ सय ६० डोज मोडर्ना खोप नोभेम्बर, डिसेम्बर भित्र आउने पाइपलाइनमा देखिन्छ । त्यस्तै सरकारले खरिद गरेको ६० लाख डोज फाइजरको खोप ३/४ महिना भित्र आउने पाइपलाइनमा छ ।

सरकारले कोभ्याक्समार्फत खरिद गरेर ल्याउन खोजेको ४९ लाख १६ हजार ४ सय डोज २०२१ भित्रै आउने पाइपलाइनमा छ । त्यस्तै मोडर्ना ५० लाख डोज र सिनोफार्म  ५० लाख डोप खोप २०२२ को सुरूवातमै आउने पाइपलाइनमा रहेको छ । जेन्सन ५० लाख डोज र नाम नखुलेको ६१ लाख डोज खोप पनि पाइपलाइनमा रहेको स्वास्थ्य लाइभलाई प्राप्त विवरणबाट देखिन्छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com