पूर्व महानिर्देशक डा बिच्छा प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त


काठमाडौं । सरकारले प्राध्यापक डा आरपी बिच्छालाई प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ । कात्तिक ८ गतेको मन्त्रीपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकार विशिष्ट श्रेणीको रुपमा नियुक्त गरेको हो ।

पूर्व स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बिच्छा बालरोग विशेषज्ञ हुन् । तीन महिना स्वास्थ्य सेवा विभागको महानिर्देशक भएका डा बिच्छाले कात्तिक ७ गते अनिवार्य अवकाश पाएका थिए । तर, सरकारले उनको सेवा अवधि तीन वर्ष थप गर्दै निरन्तरता दिएको थियो ।

स्वास्थ्य मन्त्री बिरोध खतिवडाले गत ७ कात्तिकमा उनलाई महानिर्देशकबाट कान्तिबाल अस्पताल सरुवा गरेर विभागको जिम्मा प्रमुख विशेषज्ञ डा दिपेन्द्र रमण सिंहलाई दिएका थिए । त्यसको एक दिन पछि कात्तिक ८ मा सरकारले विशिष्ट श्रेणीको सेवा सुविधा दिर्दै प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com