राजेद्रप्रसाद पाण्डे: मेडिकल माफियादेखि मुख्यमन्त्रीसम्म


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले मेडिकल माफियाको ट्याग लगाइदिएका प्रस्तावित मनमोहन मेडिकल तथा शिक्षण अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

पाण्डेले मनमोहन मेडिकल कलेजको सम्बन्धन लिन चलखेल गरेको भन्दै डा. केसीले उनलाई मेडिकल माफियाको ट्याग दिएका थिए।  डा. केसी कै भाषामा मेडिकल माफियाका रुपमा परिचित पाण्डेलाई बागमती प्रदेशको सरकारको नेतृत्व गर्न दिइएको हो ।

मेडिकल शिक्षा सुधारको क्षेत्रमा निरन्तर अनसन बस्ने गरेका डा. केसी पाण्डे मुख्यमन्त्री बनेपछि यो विषयमा मौन छन् ।बागमतीको मुख्यमन्त्री बनेका पाण्डे मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइसेन्सका अध्यक्षसमेत हुन् । मनमोहन मेडिकल कलेजको सम्बन्धनको लफडा चलिरहेको बेला पाण्डे मुख्यमन्त्री बनेपछि डा. केसीले के गर्छन् भन्ने सर्वत्र चासो देखिन्छ । उक्त अस्पताल सरकारले खरिद गर्ने तयारी गरेपनि मुख्यमन्त्री पाण्डेको समूहले सरकारलाई बेच्न मानेको छैन ।

उनको समूहले जसरी पनि मेडिकल कलेज सञ्चालनको सम्बन्धन लिन खोजेका छन् । मुख्यमन्त्री बनेका पाण्डेले पदीय हैसियतको दुरुपयोग मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिलाउन चलखेल गर्न सक्ने डा. केसीका समर्थकहरू बताउँछन् ।

मेडिकल माफियाको ट्याग लागेर मुख्यमन्त्री बनेका पाण्डेको विषयमा डा. केसीले के गर्छन् भन्ने विषयमा सबैले चासो राखेका हुन् । डा. केसीले यो विषयमा के गर्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com