घाना र बुर्किना फासोसमेत नेपाललाई खोप दिन तयार


काठमाडौं । शुक्रबार नेपाललाई दुई लाख डोज कोभिड–१९ विरुद्धको अस्ट्राजेनेका गराउने बताएको माल्दिभ्सले कार्यतालिकामा फेरबदल गरेको छ । नेपाललाई अनुदान स्वरुप २ लाख १ हजार ६ सय डोज अस्ट्राजेनेका खोप शुक्रबार पठाउने कार्यतालिका थियो । माल्दिभ्सले पठाउन लागेको खोपको म्याद केही दिन मात्रै बाँकी छ ।

‘स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले भने, ‘शुक्रबार पठाउने कार्यतालिका थियो, अन्तिम समयमा जहाज नआउने भएपछि फेरिएको छ । केही दिन भित्र आउने छ ।’

कोरोनाविरुद्धको खोपको म्याद गुज्रिन थालेपछि खोप दिने दाता थपिँदै गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र जसरी भएपनि चैत्र भित्र खोप लगाइसक्न स्वास्थ्यका अधिकारीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार नेपाललाई खोप आवश्यक छ । अनुदान स्वरुप दिनु सकारात्मक हो, तर, मिति केही दिनको मात्रै भएको पठाउँदा व्यवस्थापनमा चुनौती छ ।

खोपको म्याद सकिन लागेपछि माल्दिभ्स मात्र होइन घाना र बुर्किना फासोलेपनि नेपाललाई खोप दिन तयार देखिन्छन् । धेरै खोप भएका र तत्काल प्रयोग हुने सम्भावना नभएपछि माल्दिभ्ससहितका देशले नेपाललाई खोप पठाउँन लागेका हुन् । भुटानले पनि नेपाललाई यहीं कारण खोप दिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com