एयरपोर्टमा ल्याबको ठगी धन्दा

पर्यटनमन्त्री छड्के हान्ने, स्वास्थ्यमन्त्री प्रमाण खोज्ने


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाङ्गलो पसलझैँ खुलेका अवैध पिसिआर ल्याबमा स्वास्थ्य मन्त्रालय रमिते बनेको आरोप लाग्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति नलिई ल्याब सञ्चालन गर्नु अवैध र ठगी धन्दा हो । विमानस्थलमा सञ्चालनमा रहेका स्टार र सुमेरूको ल्याबबाहेक अन्य ल्याबले आरटी- पिसिआर र्‍यापिड टेष्टका लागि प्रयोगशालाबाट स्वीकृति लिएको देखिँदैन । त्यसैले विमानस्थलमा नाङ्गलो पसलझैँ खुलेका क्रिष्टल, अल्फा, एनपिएललगायतका ल्याब अवैध रुपमा रहेका छन् । यस्ता ल्याबको अवैध धन्दालाई स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तुरुन्त रुपमा बन्द गर्नुपर्ने हुन्छ । तर मन्त्रालय र प्रयोगशालाले अवैध ल्याबको ठगी धन्दालाई प्रोत्साहन गरिरहेको आरोप लाग्न थालेको छ ।

प्रहरीको फरार सूचीमा रहेका अभियुक्त कैलाश खड्काको क्रिष्टल ल्याबले विमानस्थलमा अवैध धन्दा मात्र चलाएको छैन त्यो ल्याबले जनता ठग्ने कामसमेत गरेको हो । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आले विमानस्थलको ल्याबले ठगी गरेको भन्दै छड्के हान्न पुगेका छन् । तर अवैध ल्याब बन्द गराउने दायित्व बोकेका स्वास्थ्यमन्त्री प्रमाण खोज्दै बसेका छन् । मन्त्रालय र प्रयोगशालाका अधिकारीलाई लिएर विमानस्थलमा नाङ्गलो पसलझैँ खुलेका अवैध ल्याबमा छड्के हान्ने सुझबुझ स्वास्थ्यमन्त्री विरोध खतिवडामा देखिएन ।

आले जस्तो एक्सनमा जाने कि प्रमाण खोज्दै बस्ने भन्दै स्वास्थ्यमन्त्री खतिवडामाथि प्रश्न उठ्न थालेको छ । विमानस्थलमा अवैध रूपमा सञ्चालनमा रहेका क्रिष्टललगायतका ल्याबको ठगी धन्दा बन्द गराउने या ठग्न दिने दुईमध्ये एक विकल्प स्वास्थ्यमन्त्री खतिवडासँग छ । प्रमाण खोज्दै बस्ने स्वास्थ्यमन्त्री भन्दा फिल्डमा उत्रिने पर्यटनमन्त्री नै उपयुक्त भन्ने कुरा अहिले चर्चामा आएको छ । वनमन्त्री हुँदा विवादमा आएका आलेले पर्यटनमन्त्री हुँदा सुधारको लाइन समातेको देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com