प्रदेश एकमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय !


काठमाडौं । प्रदेश एकमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाउनु पर्ने माग उठेको छ । जाँदाजाँदैको सरकारले एक नम्बर प्रदेशमा स्वास्थ्यको संरचना ध्वस्त पारेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरु आन्दोलनको तयारीमा देखिएका छन् ।

एकीकृत स्वास्थ्य प्रणालीको नाममा स्वास्थ्य संरचनालाई ध्वस्त पार्न खोजिएको भन्दै विभिन्न पार्टी निकट स्वास्थ्यकर्मीहरु छुट्टै स्वास्थ्य मन्त्रालयको मागमा एक ठाउँमा उभिएका हुन् ।

बागमती, लुम्बिनीलगायतका प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय गठन भएकाले प्रदेश एकमा पनि स्वास्थ्य मन्त्रालय बनाउनु पर्ने दबाब बढेको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com