मुटुरोग विशेषज्ञ डा. श्रेष्ठको निधन


काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदयकुमार श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उनको निधन भएको हो । नेपाल चिकित्सक संघका आजीवन सदस्य रहेका श्रेष्ठको नेपाल चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा अतुलनीय योगदान रहेको नेपाल चिकित्सक संघले जनाएको छ । ६६ वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com