डाक्टर बन्न छाडेर पाइलट बनेका जीवनबहादुर कर्णालीको मुख्यमन्त्री हाँक्दै


काठमाडौं ।  बुढानिलकण्ठ स्कुलमा पढेका विद्यार्थीको पहिलो रजाईं डाक्टर त्यसपछि इन्जिनियर र पाइलट बन्ने हुन्छ । कर्णाली प्रदेशको अत्यन्तै विकट जिल्ला हुम्लामा जन्मिएका जीवनबहादुर शाही काठमाडौंको बुढानिलकण्ठ स्कुलमा पढेर पनि पहिलो रोजाईंको डाक्टर भन्दा पाइलट बन्न उत्साहित भए । त्यो बेला प्रत्येक जिल्लाबाट मेधावी विद्यार्थी खोजेर बुढानिलकण्ठ स्कुलमा ल्याई छात्रवृत्तिमा पढाउने चलन थियो । कर्णालीको अत्यान्तै विकट जिल्ला हुम्लाका जन्मिएका शाही त्यहिँ प्रक्रियाबाट काठमाडौंको बुढानिलकण्ठ स्कुलमा छिरे ।

डाक्ट बन्ने क्षमता भएका शाहीले अमेरिकाबाट पाइलट बन्ने योजना बनाए । उनकै योजनाअनुसार अमेरिकाबाट पाइलट ट्रेनिङ पनि सके । पाइलट ट्रेनिङ समाप्त भएपछि जेट विमान चालकको भूमिकामा देखिनु पर्ने शाही राजनीतिक जेट उडाउन आफ्नै विकट जिल्ला हुम्लातर्फ लागे ।  त्यसपछि शाही हुम्लाको  जिल्ला विकास समिति सभापतिको हैसियतमा राजनीतिक जेट उडाउन थाले । जिविस सभापतिमा निर्वाचित भएपछि उनले मोटर बाटोले नछोएको हुम्ला जिल्लालाई  मोटर बाटोसँग जोड्ने अवधारणा अघि सारे । शाहीकै अवधारणा अनुरूप तयर भएको हिल्सा- सिमकोट सडक अहिले तीब्र गतिमा बनिरहेको छ ।  हुम्ला जिल्लाको स्वास्थ्य र शिक्षामा पनि त्यो बेला उनको अतुलनीय योगदान रहेको छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेका शाही संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र खानेपानी तथा सरसफाइमन्त्रीको हैसियतमा काम गरेका व्यक्ति हुन् । उनले खानेपानी मन्त्रालयमा छोटो समयम सुधारका काम गर्न सफल भए ।

शाही खानेपानीमन्त्री भएका बेला सचिवको जिम्मेवारीमा भीम उपाध्याय थिए । मन्त्री शाही र सचिव उपाध्यायको जोडी खुब जमेको थियो । मेलम्ची खानेपानी व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (कियूकेएल)ले ट्यांकरबाट दिएको पानीको महशुल नतिर्ने राष्ट्रपति, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्मलाई महशुल भुक्तानी गर्न मन्त्री शाही र सचिव उपाध्यायले पत्र काटेर तरंग ल्याइदिएका थिए । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले राजीनामा दिएसँगै नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता उनै जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने तरखरमा देखिन्छन् । डाक्टर बन्न छाडेर पाइलट बनेका जीवनबहादुर कर्णालीको मुख्यमन्त्रीको जेट हाँक्ने तयारी गर्दैछन् ।

 

क्याटेगोरी : जीवनशैली, प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com