स्वास्थ्यको बाह्रौं तहमा सिफारिस हुन सकेन, भोलि फेरि बैठक बस्ने (यी हुन् प्रमुख विशेषज्ञमा दाबी गर्ने २१ जना)


काठमाडौं। स्वास्थ्य सेवाको बाह्रौं तहमा रिक्त तीन पदका लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठक बिना सिफारिस  सकिएको छ । बाह्रौं तहको प्रमुख विशेषज्ञका बढुवाका लागि सिफारिस गर्न बसेको बैठक सामान्य छलफल गरेर सकिएको हो ।

बढुवाका लागि सबै कुरा मूल्यांकन गर्नु पर्ने भएकाले आज सिफारिस हुन नसकेको बताइएको छ । आजको बैठक भोलि फेरि बस्ने गरी स्थगित भएको बढुवा समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई बताए । भोलि बस्ने बैठकले प्रमुख विशेषज्ञ १२ औं तहमा बढुवाका लागि सिफारिस गर्ने गरी आजको बैठक सकिएको ती सदस्यको भनाइ छ ।

आफूलाई बाह्रौं तहमा बढुवाका लागि निवेदनसहित दाबी गर्ने कर्मचारीको सूची स्वास्थ्य लाइभले यश अघि नेै फेला पारेकाे थियाे । बाह्रौं तहमा बढुवाका लागि प्रतिस्पर्धा गर्न २१ जनाले  निवेदन दिएका छन् ।

यी हुन् प्रमुख विशेषज्ञमा दाबी गर्ने २१ जना

✡️डा. कृष्ण प्रसाद पाैडेल, निर्देशक, इडिसिडी (बालरोग विशेषज्ञ)
✡️डा. संजय कुमार ठाकुर, जनरल फिजिसियन, वीर अस्पताल
✡️डा. श्याम सुन्दर यादव, सर्जन, भेरी अस्पताल
✡️डा. तारानाथ पोख्रेल,सार्क टिबी एड्स नियन्त्रण केन्द्र
✡️डा. दिप थापा मगर, सर्जन,वीर अस्पताल
✡️डा. श्रीकृष्ण श्रेष्ठ, बाल राेग विशेषज्ञ,पश्चिमाञ्चल क्षेत्रिय अस्पताल
✡️डा.सुधा देवकाेटा, निर्देशक, एड्स तथा याैन राेग नियन्त्रण केन्द्र
✡️डा. भिमसिंह तिंकरी, निर्देशक, व्यवस्थापन महाशाखा
✡️डा. संगिता काैशल मिश्रा, निर्देशक, प्रसुति गृह अस्पताल
✡️डा. आमिर बाबू श्रेष्ठ, एनेस्थेसियाेलाेजिष्ट, पराेपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
✡️डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय,  महानिर्देशक, आयुर्वेद विभाग
✡️डा. रघुनन्दन ब्याजु, कन्सल्ट्यान्ट, भरतपुर आँखा अस्पताल
✡️डा. गुणराज लाेहनी, प्रमुख अस्पताल प्रशासक, स्वास्थ्य मन्त्रालय
✡️डा. विकास देवकोटा, सचिव, लुम्बिनी प्रदेश
✡️डा. टंक प्रसाद बाराकाेटी, मेडिकल सुपरिटेन्डेन्ट, मेची   अस्पताल
✡️डा. प्रभा चापागाईं काेइराला, वीर अस्पताल
✡️गाेमा देवी निराैला, निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा
✡️डा. शैली प्रधान,  वीर अस्पताल
✡️डा. राम पद्मारथ (आरपी) बिच्छा,  महानिर्देशक, स्वास्थ्य सेवा विभाग
✡️डा. सुदेश सुवेदी,  काेशी अस्पताल
✡️डा. सुनिलराज शर्मा, निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com